Connect with us

entertainment

NEPALI ARTIST ARRESTED IN MALAYSIA

Published

on

Nepali artists who went Malaysia to perform at the musical program have been arrested by Malaysian immigration. Musical event was organized by SOSG and MOC group on the occasion of Eid. Artist Sunita Thegim, Shreya Rai and many other local artists and organizer are arrested. Event was organized at Kuala Kotaya Complex in Kuala Lumpur Malaysia.

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

entertainment

चलचित्र जुनकिरीको फर्स्ट लुक सार्वजनिक

Published

on

दीप गुरुङको निर्देशनमा बनेको चलचित्र ‘जुन-किरी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

वि.सं. २०८३ सालमा प्रदर्शन हुने जानकारीसहित सार्वजनिक पोस्टरमा सुन्दर हिमाली परिवेशसँगै मुख्य कलाकार सुरज तमु र लक्ष्मी गुरुङलाई देखाइएको छ। चलचित्र गुरुङ समुदायको ऐतिहासिक घाँटू परम्परा र संस्कृतिमा आधारित रहने निर्माण पक्षले जनाएको छ।

‘दीप फिल्म्स प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायाङ्कन गोरखाको सिरानचोकस्थित ऐतिहासिक धार्मिक स्थल नाथ मण्डली तथा काठमाडौँका विभिन्न स्थानमा गरिएको छ।

कथाकार भरत राईका अनुसार चलचित्रले काठमाडौँमा संघर्षरत एक फोटोग्राफर र घाँटू नाचसँग जोडिएको उसको यात्रालाई प्रस्तुत गर्नेछ।

चलचित्रमा सुरज तमु, लक्ष्मी गुरुङ, कविता आले, अनिल सुब्बा, डीबी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। कथा भरत राई र सुरज तमुको, पटकथा केर डी. कोइँच लिम्बु तथा छायाङ्कन योगेश दाहालको रहेको छ।

निर्देशक दीप गुरुङको यो दोस्रो फिचर फिल्म हो। यसअघि उनले गुरुङ संस्कृतिमै आधारित चलचित्र ‘नैना’ निर्देशन गरिसकेका छन्।

Continue Reading

entertainment

नयाँ कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ (भिडियो)

Published

on

नेपाली सांगीतिक बजारमा नयाँ नेपाली कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ सार्वजनिक भएको छ।

सागर बिरही र कला गुरुङको स्वर रहेको यस गीतको शब्द तथा संगीत शिव खाम्चा मगरले तयार गरेका हुन्। गीतको संगीत संयोजन सागर बिरहीले गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ कुमार राना (मरुनी डिजिटल)ले गरेका छन्।

गीतको भिडियो सागर बिरहीको कथा तथा निर्देशनमा निर्माण गरिएको हो। भिडियोमा मनोज गुरुङ र चाहना मगरको अभिनय देख्न सकिन्छ। छायांकन सुरेश श्रेष्ठ र टिमले गरेका हुन् भने मेकअप तथा हेयर बिमलाले गरेकी छन्। सम्पादन तथा डीआई कलर सुजन कोइरालाले आर्ट सिने स्टुडियोमार्फत गरेका हुन्। कोरियोग्राफी राजाराम सिम्खडाले गरेका छन्।

कला गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीत परम्परागत कौडा संगीतको स्वादलाई आधुनिक प्रस्तुतिसँग जोडिए छ ।

Continue Reading

entertainment

अदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’

Published

on

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा सामाजिक यथार्थलाई केन्द्रमा राखिएको नाटक ‘बहुरिया’ दर्शकमाझ नियमित रूपमा मञ्चन भइरहेको छ।

सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकले विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, पारिवारिक सम्बन्धभित्र लुकेको असमानता र सामाजिक दबाबलाई संवेदनशील ढंगले उजागर गर्छ।

मधेसको भाषिक लवज र सामाजिक परिवेशलाई आधार बनाएर प्रस्तुत गरिएको नाटकले कथावस्तुलाई अझ जीवन्त बनाएको छ।

नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माणको जिम्मेवारी बुद्धि तामाङले सम्हालेका छन्। मण्डला थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा सुरज यादव स्वयं प्रशंसा शिवाकोटीसँगै मञ्चमा देखिएका छन्। दुवै कलाकारको अभिनयले कथाको भावनात्मक गहिराइलाई प्रभावकारी रूपमा दर्शकसम्म पुर्‍याएको छ।

‘बहुरिया’ माघ ८ गतेदेखि २९ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुँदै आएको छ। साथै शनिबार दिउँसो १ बजे विशेष शोसमेत राखिएको छ। सोमबारबाहेक अन्य सबै दिन मण्डला थिएटर नेपालमा नाटक हेर्न सकिने व्यवस्था गरिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com