Video
तमु ल्होछारको अवसरमा ‘आशीमालां मु’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं — तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछार नजिकिदै गर्दा ‘आशीमालां मु’ शीर्षकको आकर्षक म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
शुभकामना तथा आशीर्वादको सन्देश बोकेको यो गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण टोलीले जनाएको छ।
गीतका शब्द, संगीत तथा संरचनामा युवान गुरुङ (साइँला धज्यू) को योगदान रहेको छ। उनी यस म्युजिक भिडियोका निर्माता पनि हुन्। दीपक गुरुङ र पवित्रा गुरुङले गाएको गीतलाई तेजेन्द्र गुरुङले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको रेकर्डिङ सुर साधना एच.डी. स्टुडियोमा रेकर्डिस्ट तेजेन्द्र दुराले सम्पन्न गरेका हुन्।

भिडियो निर्देशन तथा कोरियोग्राफी दिप कोके गुरुङले गरेका छन्। भिडियोमा कलाकार आनन्द गुरुङ, सुरज गुरुङ, लक्ष्मी गुरुङ र अन्जु गुरुङले अभिनय गरेका छन्। भिडियोले तमु ल्होछारको सांस्कृतिक उत्सव, पहिचान र परम्परागत माहोललाई कलात्मक रूपले प्रस्तुत गरेको छ।
छायांकन विजय लामाले गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन पदम सुवेदीले गरेका हुन्। भिडियोका मेकअप आर्टिस्ट हेमा गुरुङ रहेकी छिन्। सह–कोरियोग्राफरमा सोनम लामाको भूमिका रहेको छ। पोस्ट–प्रोडक्सन कार्य डिप फिल्म्सले सम्पन्न गरेको हो।
‘आशीमालां मु’ म्युजिक भिडियोले तमु ल्होछारमा शुभकामना आदानप्रदान गर्न तथा गुरुङ समुदायको सांस्कृतिक धरोहरलाई नयाँ पुस्तासम्म पुर्याउन सकिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

entertainment
गुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
काठमाडौं — आउँदै गरेको तमु ल्होछार पर्वको उत्साहलाई थप गर्दै गुरुङ समुदायको मौलिक रोधीं संस्कृतिमा आधारित नयाँ गीत ‘ङिल रोधिंरी’ सार्वजनिक भएको छ। गुरुङ भाषाको यो गीत नेपाली संगीत बजारमा आएको हो।
गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङ को स्वरमा सजिएको यो गीतको सार्वजनिक कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ।

सांस्कृतिक जगेर्नाको प्रयास
गीत सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेश तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडा अध्यक्ष पदम राज गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
अतिथिहरूले ‘ङिल रोधिंरी’ ले गुरुङ समुदायको लोपोन्मुख रोधीं संस्कृतिलाई संरक्षण गर्दै डिजिटल प्लेटफर्ममार्फत नेपाली संगीतलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
को-को छन् संलग्न?
- गीतकार: केशबहादुर गुरुङ
- संगीत संयोजन: तेजेन्द्र गुरुङ
- निर्देशन: उमेश गुरुङ
- मुख्य कलाकार (भिडियोमा): आनन्द गुरुङ र दिपशिखा गुरुङ
- सहयोगी स्वर: भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङ

कार्यक्रममा तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ लगायतका व्यक्तित्वहरूको सहभागिता थियो। यस अवसरमा गुरुङ गीत–संगीत र संस्कृतिमा योगदान पुर्याउने कलाकारहरूलाई सम्मान पनि गरिएको थियो।
यो गीत गायिका दुर्गा गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
entertainment
अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ।
टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा भाइरल बनेपछि अर्जुनले दर्शकको माया आफूलाई ठूलो प्रेरणा बनेको बताएका छन्।
‘पछ्यौरी लिसियो’ र ‘दुख साटम्ला’ जस्ता गीतबाट चर्चित सापकोटाको यस नवीनतम गीतमा मेलिना राई, समीक्षा अधिकारी र अर्जुन स्वयंको स्वर समावेश छ। सन्तोष सापकोटाको शब्दमा तयार गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् भने प्रदीप रोदनको कविता वाचन पनि सुन्न सकिन्छ।
वैदेशिक रोजगारी र प्रेमको दूरीलाई कथावस्तु बनाइएको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे तथा अन्य कलाकारको अभिनय देख्न सकिन्छ।
गीत सार्वजनिक भएको चार दिनमै विभिन्न सेलिब्रेटी र क्रिएटरहरूले रिल्स तथा टिकटक बनाउँदै ‘झलिको’लाई हालैको चर्चित सिर्जनामध्ये एक बनाएका छन्।
Video
सूर्यविनायक–धुलिखेल सडक विस्तार कति भयो ?
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.५ किलोमिटर चार लेन सडक विस्तारको काम सुस्त गतिमा भइरहेको छ। २०७९ पुस २४ गते (जनवरी ८, २०२३) सुरु भएको यस आयोजनाको हालसम्म ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
वर्षायाममा सडक हिलाम्य हुने समस्या गत वर्ष देखिएकोमा यसपटक धेरै खण्डमा सब-बेस र बेस बिछ्याइएकाले केही सुधार आउने आयोजनाले जनाएको छ। धुलिखेलनजिकैको भागमा कालोपत्रे समेत भइसकेको छ।
सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगादेखि धुलिखेलसम्मको ८ किलोमिटर खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लिएको छ। सूर्यविनायक-साँगा ७.५ किलोमिटर खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको छ।


साँघुरो सडकका कारण बढ्दो ट्राफिक जाम कम गर्न यो विस्तार भइरहेको हो। आयोजना अन्तर्गत २०-२० मिटरका तीनवटा पुल पनि निर्माण गरिनेछ जसको अनुमानित लागत ९० करोड रुपैयाँ छ। साँगामा डेढदेखि दुई किलोमिटर सडक आउने-जाने लेन तल-माथि गरी बनाइँदैछ।

यो सडक उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका ठाउँमा पुग्ने मुख्य मार्ग भएकाले विस्तारपछि धुलिखेल-भक्तपुरको सवारी चाप निकै कम हुने विश्वास गरिएको छ।

-
Theatre4 weeks agoकौसी थिएटरमा ‘के अस’(तस्विरहरु)
-
entertainment4 weeks agoगुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
-
Feature3 weeks agoगुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)
-
Feature2 weeks agoतमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
-
Feature3 weeks agoबागमती किनारमा सुन्दर पार्क
-
Offbeat3 weeks agoविश्व एड्स दिवसमा दिप प्रज्वलन
-
entertainment2 weeks agoचलचित्र मिर्मिरेको टिजर सार्वजनिक
-
Theatre3 weeks agoमण्डला थिएटरमा ‘मिलारेपा’

