Theatre
कौसी थिएटरमा ‘के अस’(तस्विरहरु)
काठमाडौं। टेकुस्थित कथा घेराको कौसी थिएटरमा कलाकार इलुम मणि दीक्षित र विजय आनन्द ताम्राकार अभिनीत नाटक ‘के अस’ मञ्चन भइरहेको छ।
सेप्टेम्बर २०२५ को राजनीतिक घटनापश्चात कलाकारहरूले अनुभूत गरेको मानसिक छटपटी र सामाजिक मनोदशालाई अभिव्यक्त गर्ने उद्देश्यले नाटक तयार गरिएको हो।

डार्क कमेडी शैलीमा निर्माण भएको यो नाटक पूर्वनिर्धारित अंक वा स्क्रिप्टबिनै आशु-अभिनयमार्फत प्रस्तुति दिन्छ। दुई हराएका पात्रको यात्रामार्फत नाटकले असम्भव परिस्थितिभित्र मानवीय भावना, अराजकता र मनोविज्ञानको खोज प्रस्तुत गर्छ।
ईलम मणि दीक्षित र विजय आनन्द ताम्राकारकै लेखन, निर्देशन र अभिनय रहेको नाटक प्रत्येक मञ्चनसँगै पुनः लेखिँदै जाने डेभाइज्ड प्ले को स्वरूपमा छ।
नाटकलाई स्टुडियो आकार ले निर्माण गरेको हो भने ढोकैमा क्याफे र कथा घेरा सहनिर्माता रहेका छन्। सिर्जनाकर्ताहरूले नाटकले कलाकार र दर्शक दुवैलाई “मुक्त र पुनर्जीवित” अनुभव दिलाउने उद्देश्य बोकेको बताएका छन्।











Theatre
मण्डला थिएटरमा ‘मिलारेपा’
तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनयात्रामा आधारित नाटक ‘मिलारेपा’ मण्डला थिएटरमा नियमित मञ्चन भईरहेको छ।
नाटकले मिलारेपाको बाल्यकालदेखि कठोर तपस्या मार्फत् आत्मज्ञान प्राप्तिसम्मको आध्यात्मिक यात्रा नाटकीय शैलीमा प्रस्तुत गरेको छ ।
चाङ् ङ्योन हेरूकको लेखनमा तयार नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्त रूपमा निर्देशन गरेका छन्।
नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। मुख्य भूमिकामा रूपेश लामा देखिएका छन् भने संगीत परिकल्पनामा आदित्य कटुवालको काम रहेको छ। स्वर प्रदान गर्ने कलाकारमध्ये आनी छोइङ डोल्मा पनि रहेका छन्।
निर्देशक तामाङका अनुसार ‘मिलारेपा’ ले आत्मशुद्धि, क्षमाशीलता र साधनाको महत्व दर्शकसमक्ष पु–याउने लक्ष्य राखेको छ।
नाटक मंसिर २१ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।


















entertainment
कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’
कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ।
अभिनेत्री उषा रजक, राज न्यौपानेसँगै नवअभिनेत्रीहरू सुहाना आचार्य, निकिता आचार्य लगायतका कलाकारको अभिनय रहेको नाटकले मिडियाको अतिरन्जित प्रभाव र सत्ताको खोक्रो पवित्रता माथिको व्यंग्य गरेको छ।
लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।
रेमश पुरीको निर्माणमा बनेको यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायत कलाकारहरू मञ्चमा देखिनेछन्।
सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।
मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा मञ्चन हुनेछ।







Theatre
मञ्चमा कागताली (तस्विरहरु)
काठमाडौँको टेकुस्थित कौशी नाटकघरमा यतिबेला नाटक ‘कागताली’ को नियमित मञ्चन भइरहेको छ।
५० को दशकमा एउटा परिवारमा उत्सव सुरू हुँदै गर्दा हुने अप्रत्यासित घटनालाई नाटकले देखाएको छ।
नविनचन्द्र अर्यालको लेखन तथा निर्देशनमा बनेको नाटकलाई माउन्टेन र्याट्स मोसन पिक्चर्स, एक थिएटर नेपाल र कौसी थिएटरले संयुक्त रूपमा प्रस्तुत गरेको हो।
साउन ३१ गतेसम्म मञ्चन हुने नाटकमा बास्ना तिमिल्सिना, रूपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही, युबिना भट्टराई र आकृति बुढाथोकीको अभिनय देख्न सकिन्छ।











-
entertainment4 weeks agoगुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
-
Feature3 weeks agoगुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)
-
Feature2 weeks agoतमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
-
Feature3 weeks agoबागमती किनारमा सुन्दर पार्क
-
Offbeat3 weeks agoविश्व एड्स दिवसमा दिप प्रज्वलन
-
entertainment2 weeks agoचलचित्र मिर्मिरेको टिजर सार्वजनिक
-
Video2 weeks agoतमु ल्होछारको अवसरमा ‘आशीमालां मु’ म्युजिक भिडियो सार्वजनिक
-
Theatre3 weeks agoमण्डला थिएटरमा ‘मिलारेपा’

