lifestyle
LOCAL’S STOPPED GARBAGE TRUCK
Banchare’s locals have stopped garbage-carrying trucks again. After the agreement between Kathmandu Metropolitan, Urban Development Ministry, Kakani Nuwakot, Dhunibeshi Dhading, and Sisdol/Banchare Danda’s representatives had an agreement regarding garbage management. But today locals did not let to dump the garbage at the dumping site again saying we won’t accept the agreement.
Art
द टेस्ट अफ सेलरोटी
कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।
मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले मानवीय सम्बन्ध, बिछोड, शोक, स्मृति र आकाङ्क्षाका गहिरा अनुभूतिलाई कलात्मक ढङ्गले रङ्गमञ्चमा प्रस्तुत गरेको छ।
नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर दर्शकमाझ ल्याएको छ।
मिथक, कला, विभिन्न भाषा तथा बोली, र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका तहहरूलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ।
नाटकले समय, स्मृति र मानिसबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले केलाउँदै दर्शकलाई आत्मीय भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।
नाटकमा कलाकार बेदना खेरसुङ्मा राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराई ले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँच ले तयार गरेका छन्।
नाटक मंगलबार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।








entertainment
नेपालकै पहिलो आर्क व्रिज
काठमाडौँको बिजुलीबजारमा धोबीखोलामाथि निर्माण गरिएको नेटवर्क आर्क ब्रिज नेपालकै पहिलो यस्तो प्रकारको पुल हो।
आधुनिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी निर्माण गरिएको यस पुलले बिजुलीबजार, माइतीघर र तीनकुने क्षेत्रबीचको आवागमनलाई थप सहज बनाएको छ।
करिब ५१ मिटर लामो र १२ मिटर चौडा यो पुलमा स्टिल आर्च र जालोझैँ जोडिएका केबलहरूको प्रयोग गरिएको छ। यही विशेष संरचनाका कारण यसलाई नेटवर्क आर्क ब्रिज भनिन्छ। पुलको डिजाइनले भार वहन क्षमता बढाउनुका साथै सौन्दर्यसमेत थपेको छ।
यो आर्क व्रिज संगै रोपिएका बोटविरुवाले यहाँको सौन्दर्य अझै बढाएको छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको यो पुल सञ्चालनमा आएपछि उक्त क्षेत्रमा हुने सवारी चाप व्यवस्थापनमा सहयोग पुगेको छ।
विशेषगरी रातिको समयमा आकर्षक प्रकाश व्यवस्थासहित देखिने यो पुल अहिले काठमाडौँका चर्चित स्थलमध्ये एक बनेको छ।
आधुनिक प्रविधि र आकर्षक संरचनाका कारण बिजुलीबजारको नेटवर्क आर्च ब्रिजलाई नेपालको पूर्वाधार विकासको एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ।




Art
ऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन, हजारौँ भक्तजन र दर्शकहरूको उपस्थितिमा बहुप्रतीक्षित भोटो जात्रा सम्पन्न भएको छ।
सयौँ वर्ष पुरानो परम्पराअनुसार मणिमाणिक्य जडित रहस्यमय भोटो सर्वसाधारणलाई देखाइयो। भोटो देखाउने क्षण हेर्न जावलाखेलमा जनसागर उर्लिएको थियो।
विशेष समारोहमा राष्ट्रपति राम चन्द्र पौडेल, उपराष्ट्रपति राम साहाय यादव,प्रधामन्त्री बालेन शाह तथा अन्य विशिष्ट व्यक्तित्वहरू सहभागी भए। ललितपुरकी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेपछि भोटो दर्शनको कार्यक्रम सम्पन्न भयो।
लिच्छवीकालदेखि चलिआएको विश्वास गरिएको यो जात्राले केवल धार्मिक आस्था मात्र होइन, काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतलाई पनि जीवन्त राख्दै आएको छ।
भोटो देखाइएसँगै उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध जात्रा रातो मछिन्द्रनाथ जात्रा यस वर्षका लागि औपचारिक रूपमा सम्पन्न भएको छ।













-
entertainment2 weeks agoबेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
-
entertainment4 weeks agoचेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी
-
Auto2 weeks agoलिपमोटर बी १० टप भेरियन्टको मूल्य घट्यो, अब रु. ५४ लाख ९९ हजारमा उपलब्ध
-
Feature4 weeks agoहाम्रो संस्कृति, हाम्रो उत्सव नारा सहित २३ गते बौद्ध महोत्सव हुदै
-
Auto3 weeks agoनयाँ सुविधासहितको यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिड आकर्षक स्कुटर नेपालीबजारमा (भिडियो)
-
Auto2 weeks agoनेपालमा सुरु भयो उबर
-
Feature2 weeks agoगुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने २३ युवा सम्मानित
-
Video4 weeks ago५३० किलोमिटर रेन्ज दिने एमजी एससिक्स कस्तो छ ? भिडियो हेर्नुस !


You must be logged in to post a comment Login