Feature
नारायणहिटी दरबार संग्रालय
यो काठमाडौँ स्थित नारायणहिटी दरबार संग्रालय हो।
हाल यो नेपालको ऐतिहासिक र राजनीतिक परिवर्तनको महत्वपूर्ण प्रतीकका रूपमा उभिएको छ।
पूर्व राजाहरूको आधिकारिक निवास रहेको यो दरबारमा विक्रम सम्बत २०५८ मा जब दरबार हत्याकाण्ड भयो अनि देशमा राजनीतिक परिवर्तन तिब्र बन्दै गयो।
र अन्ततः २०६५ मा नेपालमा गणतन्त्र घोषणा भएसँगै दरबारलाई संग्रहालयमा रूपान्तरण गरियो।

हाल यो सर्वसाधारणका लागि खुला छ, जहाँ आगन्तुकहरूले शाही जीवनशैली, ऐतिहासिक कक्षहरू र महत्वपूर्ण घटनासँग सम्बन्धित स्थलहरू अवलोकन गर्न सक्छन्।
यो संग्रहालय आज नेपालले राजतन्त्रबाट गणतन्त्रसम्म तय गरेको यात्राको जीवित दस्तावेजका रूपमा स्थापित भएको छ।



Feature
मनमोहक धोबीखोला करिडोर
काठमाडौंको मध्यभाग भएर बग्ने धोबीखोला हालै गरिएको सरसफाइ अभियानपछि सफा र आकर्षक देखिएको छ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत डोजरसँगै महानगरका कर्मचारीहरूले खोला क्षेत्रमा थुप्रिएको फोहोर, माटो तथा अवरोध हटाइएको छ।
यसले खोला खुला, व्यवस्थित र सौन्दर्यपूर्ण बनेको देखिन्छ। खोला किनारमा रोपिएका विभिन्न फूलहरू फुलेका कारण अझै मनमोहक देखिएको छ।








Feature
भक्तपुर दरबार स्क्वायर
भक्तपुर दरबार स्क्वायर नेपालको सबैभन्दा सुन्दर तथा ऐतिहासिक युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो। यहाँ सदियौँदेखि विकसित न्यूारी कला, वास्तुकला र संस्कृतिको जीवन्त प्रदर्शन देख्न पाइन्छ।

यस क्षेत्रमा पर्यटकहरूको चहलपहल सधैं नै उल्लेखनीय रहने गर्दछ। विशेषगरी मौसम अनुकूल हुँदा र चाडपर्वका बेला यहाँ पर्यटकहरूको आगमन झनै बढ्ने गर्छ।
भक्तपुर दरबार स्क्वायर पुग्दा पर्यटकहरूको रमाइलो चहलपहल उल्लेख्य देखिन्छ। पर्यटकहरू यहाँका मौलिक कला सम्पदाहरू अवलोकन गर्दै रमाइरहेका देख्न सकिन्छ।
भक्तपुरमा दैनिक रूपमा विदेशी तथा आन्तरिक पर्यटकहरू घुम्न आउने गरेका छन्। यहाँका प्रमुख आकर्षणहरू—पचपन्न झ्याले दरबार, स्वर्ण द्वार (गोल्डेन गेट), न्यातापोला मन्दिर, वत्सला मन्दिर तथा भैरवनाथ मन्दिर—घुम्न आउनेहरूले भरिभराउ देखिन्छन्।
बिहानको समयमा यहाँ वातावरण शान्त र भीड कम रहने भए पनि दिउँसो र साँझतिर पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्ने गर्छ।








Fashion
विविधायन सौन्दर्यम
नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” शनिबार ललितपुरको झम्सिखेलस्थित द प्लाजा नेपालमा सम्पन्न भएको छ। प्रकृतिबाट प्रेरित सिर्जनात्मकता र कलात्मक अभिव्यक्तिको समिश्रण प्रस्तुत गर्ने यो कार्यक्रम नयाँ पुस्ताका डिजाइनरहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च बनेको थियो।
फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थीहरूले छ वटा अवधारणामा आधारित संग्रहमार्फत नेपालको प्राकृतिक भू–दृश्य, जैविक विविधता र सांस्कृतिक सौन्दर्यलाई रनवेमा प्रस्तुत गरेका थिए। “विविधायन सौन्दर्यम्” भन्ने मूल अवधारणाले विविधताभित्रको सौन्दर्यलाई उजागर गरेको थियो।
कार्यक्रमको शुभारम्भ कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले रनवेबाट गरेकी थिइन् भने शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा ३२ जना मोडलहरूले डिजाइनहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।
प्रस्तुत संग्रहहरू प्रकृतिका विभिन्न पक्षमा केन्द्रित थिए। “नेपालियम” ले हिमनदी र पानीको सम्बन्ध, “इरिडेसन्ट शेल्स” ले कीराको संरचना, “आवरण मृत्तिका” ले माटोको गहिराइ, “एभियोरा” ले हिमाली स्वतन्त्रता, “रेड लिस्ट रिभेरी” ले संकटग्रस्त वन्यजन्तु संरक्षण, र “वनस्पति कुसुम” ले पुष्पीय विविधतालाई अभिव्यक्त गरेका थिए।
कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करण पनि विमोचन गरिएको थियो।
यो शो पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको शैक्षिक कार्यक्रमको महत्वपूर्ण हिस्सा हो, जसले विद्यार्थीलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर दिन्छ। समग्रमा, कार्यक्रमले नेपाली फेसनको उदीयमान भविष्यलाई सशक्त रूपमा प्रस्तुत गरेको देखिन्छ।
















-
Offbeat4 weeks agoमण्डलामा चरणदास चोर (तस्विरहरु)
-
Feature3 weeks agoआदिवासी जनजाति महासंघ (नेफिन) को ११औँ राष्ट्रिय महाधिवेशन शुरु
-
Feature3 weeks agoपाटनको घोडेजात्रा
-
Fashion2 weeks agoविविधायन सौन्दर्यम
-
lifestyle3 weeks agoएरिका गुरुङ तमु धी युकेको गुडविल एम्बासडर
-
entertainment1 week agoशोले निर्माण कथा निफमा
-
Offbeat6 days agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
Feature3 weeks agoचैते छठ

