Connect with us

Offbeat

नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन

Published

on

हङकङ, – नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, भव्य हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गर्दै सहभागीहरूलाई आकर्षित गरिरहेको छ। १२ देखि १५ जुन २०२५ सम्म हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको यस प्रदर्शनीमा, नेपालको प्याभिलियन (बुथ ५ई-बी१०१, हल १) ले हङकङ र क्षेत्रीय पर्यटन बजारमा नेपालको प्रचारप्रसार गर्ने लक्ष्य राखेको छ।

प्रदर्शनीको एक विशेष सत्रमा, पर्यटन अपरेटर र एजेन्टहरूसँगको भेटघाटमा, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले एक विस्तृत गन्तव्य प्रस्तुति दिनुभयो। उहाँले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरूको अवलोकन गर्न हार्दिक निम्तो दिनुभयो। नेपाली प्याभिलियनले नेपालको प्राचीन जीवन्त सम्पदा, भव्य हिमाली शिखरहरू, दुर्लभ वन्यजन्तु, जीवन्त सांस्कृतिक अनुभवहरू, र विविध साहसिक गतिविधिहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेको छ।

हङकङका लागि महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले नेपाली प्याभिलियनको भ्रमण गर्नुभयो। उहाँले नेपाल पर्यटन बोर्ड र प्रदर्शनीमा सहभागी नेपाली कम्पनीहरूको प्रयासको प्रशंसा गर्दै आईटीई २०२५ मा उपलब्ध प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न प्रोत्साहन दिनुभयो।

नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल हलिडेज प्रा.लि., अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस प्रा.लि., नर्थ नेपाल ट्राभल एण्ड ट्रेक प्रा.लि., सातोरी एड्भेन्चर्स प्रा.लि., जुगल हलिडेज प्रा.लि. र क्यान्टन इन्टरनेशनल ट्राभल सर्भिस नेपाल प्रा.लि. लगायतका नेपाली पर्यटन कम्पनीहरू सहभागी छन्। उनीहरूले हङकङ र यस क्षेत्रका सम्भावित पर्यटकहरू र व्यापार साझेदारहरूसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै नेपालको पर्यटनलाई थप प्रवर्द्धन गर्ने अवसर पाएका छन्। यस प्रदर्शनीले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

तमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग

Published

on

तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थामा आबद्ध ५२ जना दाताबाट संकलित रकम पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रदान गरिएको हो। संस्थाका सदस्य कृष्ण गुरुङले अर्थ मन्त्रालय पुगेर सम्बन्धित निकायमार्फत सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

तमु परिवार न्यूयोर्कले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Continue Reading

entertainment

भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग

Published

on

भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ।

भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो।

यस्तै, भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेड अन्तर्गतका विभिन्न संस्थाले संकलन गरेको ९७ लाख १८ हजार २ सय ४९ रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ भने बाँकि ३४ लाख २३ हजार ५ सय ४२ रुपैयाँ आजको कार्यक्रममा प्रमुख अतिथि मार्फत प्रधानमन्त्री राहतकोषमा जम्मा गरिने बताईएको छ ।

कार्यक्रममा भारतीय पूर्वसैनिक तथा उनीहरूका परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।

पूर्वसैनिक संस्थाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो तर्फबाट सहयोग संकलन गरी राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ।

Continue Reading

entertainment

जेनजी सहिद स्मृति दिवस

Published

on

काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ।

जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम गृहमन्त्री सुधन गुरूङले उद्घाटन गरेका छन्।

कार्यक्रममा कानुन मन्त्री सोबिता गौतम, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूमि मन्त्री प्रतिभा रावल, पर्यटन मन्त्री गनेश पौडेल, नवप्रवर्तन मन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री निशा मेहतालगायत सहभागी छन्।

गत वर्ष भएको जेनजी आन्दोलनमा ७६ जनाको निधन भएको थियो।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com