Offbeat
“१00 KADA १0” SONG “DAILAI KURA LAIDINI” IS TO BE OUT ON FRIDAY!!

The makers of “१00 Kada १0” have decided to release the first song “Dailai Kura Laidini” of the movie. The song is to be released on Friday (Mangsir 30). The new song “Dailai Kura Laidini” is a beautiful and energetic number. Trishala Gurung and Sandesh Pathak have provided the vocals for the “Dailai Kura Laidini” .
Written and directed by Ram Sharan Pathak, “१00 Kada १0” marks the debut of Karoona Shrestha. Co-produced by Rajju Pradhan and Uttam Khatri under Darshan Nepal Creation, the film releases on Magh18/February 1.
Feature
आदिवासी जनजाति महासंघ (नेफिन) को ११औँ राष्ट्रिय महाधिवेशन शुरु
प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौँ’ भन्ने मुख्य नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटनअघि भृकुटीमण्डपबाट विभिन्न जातजातिका झाँकीसहित सांस्कृतिक र्याली निकालिएको थियो।
महाधिवेशनमा देशभरका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
‘पहिचानको आधारमा प्रदेशहरूको पुनःनामाङ्कन र प्राकृतिक स्रोतमा अधिकार’ भन्ने नारासहित आयोजना गरिएको महाधिवेशनमा आदिवासी जनजातिका समसामयिक मुद्दाहरूमा छलफल हुने बताइएको छ।
नेफिनका अनुसार महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरू पारित गर्नेछ।
चैत ६ गतेसम्म सञ्चालन हुने महाधिवेशनलाई आदिवासी समुदायको हक–हित संरक्षणका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।
















Offbeat
मण्डलामा चरणदास चोर (तस्विरहरु)
काठमाडौंको थापागाउँ स्थित मण्डला नाटकघरमा नाटक चरणदास चोरको नियमित मञ्चन सुरु भएको छ।
प्रख्यात भारतीय रंगकर्मी हबीब तन्वीर द्वारा लिखित नाटकलाई नेपाली परिवेशमा राजन खतिवडा र आशन्त शर्मा ले रुपान्तरण गरेका छन्। नाटकको निर्देशन मिलन कार्की ले गरेका हुन्।
लोकशैली, हास्य र व्यङ्ग्यको प्रयोग गरिएको “चरणदास चोर” सामाजिक विषयवस्तुमा आधारित नाटक हो। कथामा एक चोर भए पनि सधैं सत्य बोल्ने वाचा गरेको पात्र चरणदासको जीवनमार्फत समाजभित्र रहेको भ्रष्टाचार, पाखण्ड र शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। नाटकले मनोरञ्जनसँगै दर्शकलाई समाजका मूल्य, सत्य र नैतिकताबारे सोच्न प्रेरित गर्ने सन्देश बोकेको छ।
नाटकमा बिश्व बिजय बि.क., बिनय पन्त, बिनिता गिरी, अनुस्का कार्की, लक्ष्मण खत्री, जितन राई, पार्बता भुसाल, दुर्गा पौडेल, सरिता नेपाली, टेकबहादुर खाती, रिजन थिङ्ग लामा, प्रबल जोशी, अर्मन शाही, मणिराज घलेलगायतका कलाकारहरुको अभिनय रहेको छन्।
मण्डलाको थिएटर ल्याबको १८औँ ब्याचका कलाकारहरूको सहभागितामा तयार पारिएको यस प्रस्तुति समाजको यथार्थलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गर्ने प्रयास भएको निर्देशक कार्कीले बताएका छन्। उनका अनुसार नाटकले दर्शकलाई हाँस्ने, रमाउने मात्र होइन, आफ्नै जीवन र समाजतर्फ फर्केर सोच्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
मण्डला थिएटर नेपाल को प्रस्तुति रहेको यो नाटक आगामी चैत ११ गतेसम्म सोमबारबाहेक नियमित रुपमा मञ्चन हुनेछ ।











Feature
ढकमक्क आरु फुल
वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आरुका रुखहरू फूलले ढकमक्क भएका छन् ।
सेतो, हल्का गुलाबी र गाढा गुलाबी रङका यी फूलहरूले सहरका सडक किनारा, पार्क, बगैंचा र घरआँगनलाई नै रंगीन बनाएका छन् ।
काठमाडौँका सडक छेउ तथा पार्क लागएत विभिन्न स्थानहरूमा आरु र पैँयू प्रजातिका फूलहरू एकसाथ फुलेर वसन्तको पूर्ण स्वागत गरिरहेका छन् ।
यी फूलहरूले न केवल प्रकृतिको सौन्दर्य बढाएका छन्, बरु शहरवासीहरूलाई पनि फोटो खिच्न, घुम्न र ताजा हावामा रमाउन प्रेरित गरेका छन् ।






-
Feature4 weeks agoनाटक प्राइमा फेसिए
-
Art4 weeks agoबागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२
-
Offbeat3 weeks agoराष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैंचा’
-
Feature3 weeks agoबसन्तपुरमा होलीको रौनक
-
Feature2 weeks agoढकमक्क आरु फुल
-
Feature3 weeks agoप्रतिनिधिसभा निर्वाचन २०८२ को तयारी पूरा
-
Offbeat4 weeks agoकराते महासंघको तमुधीं युकेलाई विशेष सम्मान
-
Offbeat1 week agoमण्डलामा चरणदास चोर (तस्विरहरु)

