Theatre
THEATRE ARTIST IN POET AVATAR

Theatre artists were seen as poet at Rabi Bhawan on Monday. Theatre Mall organized an event called ‘Poetry Pottery’ where more than thirty theatre artists read their poem. Famous artists Sarita Giri, Bholaraj Sapkota, Kamalmani Nepal, Kedar Shrestha, Raj Shah, Che Shankar, Somnath Khanal, Ankit Khadka, Pratik Dulal, Anup Neupane, Prashun Sindhuliya, Praku Pandey, etc read poem at ‘Poetry Pottery’.
















entertainment
अदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा सामाजिक यथार्थलाई केन्द्रमा राखिएको नाटक ‘बहुरिया’ दर्शकमाझ नियमित रूपमा मञ्चन भइरहेको छ।
सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकले विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, पारिवारिक सम्बन्धभित्र लुकेको असमानता र सामाजिक दबाबलाई संवेदनशील ढंगले उजागर गर्छ।
मधेसको भाषिक लवज र सामाजिक परिवेशलाई आधार बनाएर प्रस्तुत गरिएको नाटकले कथावस्तुलाई अझ जीवन्त बनाएको छ।
नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माणको जिम्मेवारी बुद्धि तामाङले सम्हालेका छन्। मण्डला थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा सुरज यादव स्वयं प्रशंसा शिवाकोटीसँगै मञ्चमा देखिएका छन्। दुवै कलाकारको अभिनयले कथाको भावनात्मक गहिराइलाई प्रभावकारी रूपमा दर्शकसम्म पुर्याएको छ।
‘बहुरिया’ माघ ८ गतेदेखि २९ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुँदै आएको छ। साथै शनिबार दिउँसो १ बजे विशेष शोसमेत राखिएको छ। सोमबारबाहेक अन्य सबै दिन मण्डला थिएटर नेपालमा नाटक हेर्न सकिने व्यवस्था गरिएको छ।










Feature
घाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
न्युयोर्क –
तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ।
न्युयोर्कको लङ आइल्याण्ड सिटीस्थित फाइभ स्टार बैंक्वेट हलमा आयोजित कार्यक्रममा तमु समुदायका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तमु परिवार न्युयोर्क इन्क.का अध्यक्ष श्री बिन प्रसाद घलेको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका माननीय महावाणिज्यदूत श्री दधि राम भण्डारी (नेपाली महावाणिज्यदूतावास, न्युयोर्क) तथा विशेष अतिथिका रूपमा Assembly Member Steven Raga (District 30) उपस्थित रहनुभएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन सचिव श्री देब गुरुङले गर्नुभएको थियो।
स्वागत मन्तव्य सल्लाहकार श्री चित्र बहादुर गुरुङ (चित्र कोने तमु) ले राख्नुभयो भने कार्यक्रमको उद्देश्य र जानकारी निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्रीमती मनिता देवी गुरुङले प्रस्तुत गर्नुभयो।
शुभकामना मन्तव्य बाल्टिमोर गुरुङ तमु समाज इन्क.का संस्थापक सल्लाहकार एवं एनआरएनए एनसीसी मेरील्याण्ड च्याप्टरका अध्यक्ष श्री कुल गुरुङ, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टरका अध्यक्ष श्री दण्डपानी लामिछाने (बासु) तथा विशेष अतिथि Steven Raga ले दिनुभएको थियो।

प्रमुख अतिथि श्री भण्डारीले तमु समुदायले विदेशमा रहेर पनि संस्कृति संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। सभाध्यक्ष श्री घलेको मन्तव्यसहित औपचारिक कार्यक्रम समापन भयो।
सांस्कृतिक प्रस्तुतिअन्तर्गत घाँटु नृत्य र कृष्ण चरित्र नृत्य प्रत्यक्ष रूपमा प्रस्तुत गरियो। घाँटु नृत्यमा सल्लाहकार लाल बहादुर गुरुङ (घाँटु गुरु), संस्थापक घाँटु गुरुस्यो चिनु घले, घाँटु सरी श्वेता गुरुङ र शुष्मा गुरुङ सहभागी थिए। निर्देशन तथा बाध्यवादनमा भूपेन्द्र गुरुङसहित कलाकारहरूको टोली थियो। कृष्ण चरित्र नृत्यमा पनि गुरुङ समुदायका कलाकारहरूले जीवन्त प्रस्तुति दिए।

यसका अतिरिक्त ङोल्स्यो मास्यो जी, लोकप्रिय गीतहरूको संगालो, न्याउली, लोक दोहोरी तथा गुरुङ मौलिक गीत र नृत्य प्रस्तुत गरियो।
ख्यातिप्राप्त गायिका ज्योति गुरुङ र गायक मनित गुरुङको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो।

तमु परिवार न्युयोर्क इन्कले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, सल्लाहकार, स्वयंसेवक तथा सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएको छ।



.







Theatre
मण्डला थिएटरमा ‘मिलारेपा’
तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनयात्रामा आधारित नाटक ‘मिलारेपा’ मण्डला थिएटरमा नियमित मञ्चन भईरहेको छ।
नाटकले मिलारेपाको बाल्यकालदेखि कठोर तपस्या मार्फत् आत्मज्ञान प्राप्तिसम्मको आध्यात्मिक यात्रा नाटकीय शैलीमा प्रस्तुत गरेको छ ।
चाङ् ङ्योन हेरूकको लेखनमा तयार नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्त रूपमा निर्देशन गरेका छन्।
नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। मुख्य भूमिकामा रूपेश लामा देखिएका छन् भने संगीत परिकल्पनामा आदित्य कटुवालको काम रहेको छ। स्वर प्रदान गर्ने कलाकारमध्ये आनी छोइङ डोल्मा पनि रहेका छन्।
निर्देशक तामाङका अनुसार ‘मिलारेपा’ ले आत्मशुद्धि, क्षमाशीलता र साधनाको महत्व दर्शकसमक्ष पु–याउने लक्ष्य राखेको छ।
नाटक मंसिर २१ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।


















-
Feature2 weeks agoघाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
-
entertainment1 week agoअदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’
-
lifestyle3 weeks agoमाघेसक्रान्ती नजिकिदा बढ्यो तरुल व्यापार
-
entertainment1 week agoब्याटल अफ गलवान’मा अनुपविक्रम
-
Feature2 weeks agoसोनाम ल्होसार मनाइयो
-
Feature2 weeks agoटर्की र बेलायतमा एकैपटक प्रतिस्पर्धा गर्दै एरिका गुरुङ
-
Feature1 week agoश्रीपञ्चमीमा अक्षराम्भ


Che
July 26, 2017 at 6:25 am
Thank you so much ddaa…..