0

‘स्मार्ट भिलेज’ घलेगाउँ

Share

लमजुङको घलेगाउँ नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ को रूपमा परिचित गाउँ हो। 

क्व्होलासोँथर गाउँपालिका-३ मा पर्ने यो गाउँ लमजुङ हिमालको काखमा अवस्थित छ भने यो गाउँ दक्षिण एसियाकै नमूना गाउँ भनेर पनि चिनिन्छ।  

४४ घरमा होमस्टे सञ्चालन गरिएको यो गाउँमा हिजोआज पर्यटकको ताँती लाग्ने गर्छ।  

स्थानीय परिकारसँगै गुरूङ संस्कार-संस्कृतिले यो गाउँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ।  

हिमालको काखमा अवस्थित यो गाउँबाट चारैतिर सुन्दर हिमालहरू देखिन्छन्। 

समुद्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको यो गाउँ लमजुङको सदरमुकाम बेंसीसहरदेखि २४ किलो मिटरको दुरीमा छ। बेंसीसहरदेखि २ घण्टाको यात्रामा घलेगाउँ पुग्न सकिन्छ।