entertainment
‘ANIDO BHAEE’ BY NABIN K. BHATTARAI

Singer Nabin K. Bhattarai has brought another music video of the song ‘Anido Bhaee Ratma’. This song is taken from his NKB music album. Lyrics of the song is written by Nabina Bhattarai and singer himself created the music. Iman Bikram Shah has composed the music. Music album is distributed by Music Nepal. Anup Giri have directed, shot, and edited the video. Video for ‘Anido Bhaee Ratma’ is shot around United States. Dipesh Bhandari and Roja Khadgi have acted on the video.

entertainment
अदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा सामाजिक यथार्थलाई केन्द्रमा राखिएको नाटक ‘बहुरिया’ दर्शकमाझ नियमित रूपमा मञ्चन भइरहेको छ।
सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकले विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, पारिवारिक सम्बन्धभित्र लुकेको असमानता र सामाजिक दबाबलाई संवेदनशील ढंगले उजागर गर्छ।
मधेसको भाषिक लवज र सामाजिक परिवेशलाई आधार बनाएर प्रस्तुत गरिएको नाटकले कथावस्तुलाई अझ जीवन्त बनाएको छ।
नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माणको जिम्मेवारी बुद्धि तामाङले सम्हालेका छन्। मण्डला थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा सुरज यादव स्वयं प्रशंसा शिवाकोटीसँगै मञ्चमा देखिएका छन्। दुवै कलाकारको अभिनयले कथाको भावनात्मक गहिराइलाई प्रभावकारी रूपमा दर्शकसम्म पुर्याएको छ।
‘बहुरिया’ माघ ८ गतेदेखि २९ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुँदै आएको छ। साथै शनिबार दिउँसो १ बजे विशेष शोसमेत राखिएको छ। सोमबारबाहेक अन्य सबै दिन मण्डला थिएटर नेपालमा नाटक हेर्न सकिने व्यवस्था गरिएको छ।










entertainment
ब्याटल अफ गलवान’मा अनुपविक्रम
बलिउड सुपरस्टार सलमान खान अभिनीत युद्ध–ड्रामा फिल्म ‘ब्याटल अफ गलवान’ को देशभक्ति गीत ‘मातृभूमि’ सार्वजनिक भएसँगै नेपाली कलाकारको अन्तर्राष्ट्रिय उपस्थितिले ध्यान खिचेको छ।
गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही सलमान खानसँग एउटै फ्रेममा देखिनुले उनको भूमिकालाई लिएर दर्शकमाझ चासो बढेको छ।
गीतमा समेटिएको देशप्रेम र बलिदानको भावनासँगै अनुपविक्रमको उपस्थितिले नेपाली कलाकारले बलिउडजस्तो ठूला फिल्म उद्योगमा पनि अर्थपूर्ण स्थान बनाउन सक्ने संकेत गरेको छ।
सलमान खानसँग प्रत्यक्ष दृश्य साझा गर्नु आफैंमा अनुपका लागि मात्र होइन, नेपाली फिल्म उद्योगका लागि पनि महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ।
प्रसिद्ध गायक अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको ‘मातृभूमि’ गीत भावनात्मक प्रस्तुतिका कारण चर्चा बटुलिरहेको छ। यही फिल्ममार्फत अनुपविक्रम शाहीले बलिउडमा डेब्यु गर्न लागेका हुन्।

अपूर्व लाखियाको निर्देशनमा बनेको यो फिल्म सन् २०२० मा भारत–चीन सीमा क्षेत्र गलवान उपत्यकामा भएको सैन्य झडपमा आधारित छ। हतियारबिना भएको उक्त संघर्षले दुई देशबीचको सम्बन्धमा आएको तनावलाई कथावस्तु बनाइएको छ।
फिल्ममा सलमान खान र चित्रांगदा सिंहको मुख्य भूमिका रहेको छ भने नेपाली कलाकार अनुपविक्रम शाहीसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको समेत अभिनय रहेको छ, जसले नेपाली दर्शकका लागि भावनात्मक पक्ष थपेको छ।
‘ब्याटल अफ गलवान’ आगामी १७ अप्रिल (बैशाख ४) देखि प्रदर्शनमा आउने तयारीमा छ।
entertainment
तमु कलाकार संघद्वारा स्यो–कैं कार्यक्रम सम्पन्न
काठमाडौँ — तमु (गुरुङ) कलाकार संघ, नेपालले तमु ल्होसार २०८२ को अवसरमा आदान–प्रदान तथा स्यो–कैं कार्यक्रम आयोजना गरेको छ।

तमु समुदायले हरेक वर्ष पुष १५ गते पुरानो ल्होको विदाइ गर्दै नयाँ ल्होको स्वागत गर्ने परम्परा अनुसार ल्होसार पर्व मनाउँदै आएको छ। त–ल्हो ल्होसारको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम राजधानीको गोंगबुस्थित तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषदको कार्यालयमा सम्पन्न भएको हो।
संघका अध्यक्ष सागर गुरुङका अनुसार तमु समुदायको मौलिक संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कलाकार, संस्कृतिकर्मी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।








-
Feature2 weeks agoघाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
-
entertainment1 week agoअदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’
-
lifestyle3 weeks agoमाघेसक्रान्ती नजिकिदा बढ्यो तरुल व्यापार
-
entertainment1 week agoब्याटल अफ गलवान’मा अनुपविक्रम
-
Feature2 weeks agoसोनाम ल्होसार मनाइयो
-
Feature2 weeks agoटर्की र बेलायतमा एकैपटक प्रतिस्पर्धा गर्दै एरिका गुरुङ
-
Feature1 week agoश्रीपञ्चमीमा अक्षराम्भ

