Feature
गुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)
गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ।
वर्षायाममा हिमालको फेदी र उच्च खर्क – लेकसम्म पुग्ने भेडीगोठ हिउँद लागेसँगै बेशीतर्फ झर्ने चलन अहिले पनि निरन्तर छ।

यही क्रममा लमजुङको घलेगाउँ नजिकै भेटियो – ६१ वर्षीय गंगाबहादुर गुरुङको भेडीगोठ।
गंगाबहादुर विगत २५ वर्षदेखि भेडा पाल्दै आएका छन्।
यो पेसा उनी आफ्ना बुबाबाटै सिकेका हुन्।
“बाबा बितेपछि विदेश जाने कोसिस गरेँ, सफलता पाएनँ।
त्यसपछि २५ वर्षको उमेरदेखि खच्चड किनेँ, भेडा पाल्न थालेँ,” उनी भन्छन्। गत वर्षसम्म करिब ६ सय भेडा भएको गोठमा एकैपटक २५० भेडा मरेपछि अहिले संख्या ३५० आसपासमा झरेको छ। भेटनरीले दिएको औषधिले केही बचाउन सहज भए पनि क्षति ठूलो भएको गंगाबहादुरले बताए ।

बर्खा सकिएपछि उनी तल झर्न थालेका थिए, अहिले घलेगाउँ नजिकै आईपुगेका छन्।
“भेडाको साँढे ३-४ वटा भयो भने ठिकै हुन्छ ” उनी मुस्कुराउँदै भन्छन्।
उनका साथीको गोठमा पनि खसी र भेडा मिसिएको छ। “फाइदा भए बेच्ने, नत्र पालेर बस्ने ! यही हो हाम्रो जीवन,” उनी थप्छन्। गाउँमा अहिले जम्मा ३ वटा गोठ मात्र बचेका छन्।
पहिलेजस्तो धेरै गोठ एकैसाथ लेक–खर्कमा जाने चलन हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। गंगाबहादुरको गोठ लमजुङ हिमालको फेदसम्म पुग्छ, यद्यपि सबै गोठालाले त्यत्रो उचाइसम्म भेडा लैजान सक्दैनन्।
गोठभित्रको जीवन कष्टकर छ ‘मान्द्रो, ‘ढोक्सा’ पकाउने भाँडाकुडा, ओछ्यान, कुकुर, साना पाठा बाँध्ने ठाउँ, बस्ने–सुत्ने टालटुलका सामग्री।
“हामी त बख्खु ओढ्छौँ, सिरक छैन-उनले गोठ भित्रको अवस्था देखाउदै भने।
गुरुङ समुदायमा भेडीगोठलाई पेसा मात्र होइन, संस्कार, संस्कृतिको एक आधार मानेर निरन्तर जोगाइँदै आएको छ।
लमजुङको घलेगाउँमा देखिएको भेडीगोठको रमाइलो दृश्य प्रदेशकै मौलिक गुरुङ परम्पराको जीवित प्रतीक हो।
गुरुङ समुदायको पहिचान, पहाडी जीवनको कठिनाइ र प्रकृतिसँगको सहअस्तित्व – यी सबै कथाहरू भेडीगोठसँग गाँसिएर आज पनि जीवन्त रहेको छ।


Feature
सिन्धुलीमा जुनार उत्सव
सिन्धुलीको गोलन्जोर–४ माझकुभिण्डेमा ‘जुनारको राजधानी’ भनेर चिनिने क्षेत्रको तीनदिने जुनार महोत्सव सुरू भएको छ।

‘जुनार हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित महोत्सवमा स्थानीय किसानले जुस, स्क्वास, जाम, जेलीलगायत प्रशोधित वस्तु प्रदर्शन गरेका छन्। आगन्तुकले स्थानीय उत्पादन चाख्न र मूल्यवर्धन प्रक्रिया बुझ्नसक्नेछन्।
महोत्सवले जुनार प्रवर्द्धन, रोग व्यवस्थापन, बजार विस्तार र प्रशोधनबारे छलफलसँगै कृषिको व्यावसायिक विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।






Feature
तमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
पोखरा, २२ मङ्सिर ।
तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो (घोडा वर्ग) आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई महोत्सवको रुपमा मनाउने जानकारी गराएको छ ।
यसवर्ष सप्री ल्हो (सर्प वर्ग)को बिदाई र त ल्हो (घोडा वर्ग)को आगमन हुँदैछ । तमुहरुले पुस १५ गते ल्होछारलाई धुमधामकासाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिदैं आएका छन् ।
पोखरामा यसवर्ष देखि पुस १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ टुँडिखेलमा महोत्सवको रुपमा मनाउन लागेको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले पत्रकार सम्मेलनमा जानकारी दिए ।
गुरुङका अनुसार महोत्सवका कार्यक्रमहरुले राष्ट्रियता सुधार, सद्भाव, र एकतालाई बलियो बनाउने, पर्यटनको प्रवर्धन हुने र व्यावसायीक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
https://www.facebook.com/reel/860048246399539
महोत्सवका आकर्षणहरुमा भलिबल प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता र मौलिक सांस्कृतिक प्रस्तुति रहेका छन् । यस्तै झाँकि प्रतियोगिता, गुरुङ भेषभुषा प्रतियोगिता, सामुहिक खुल्ला लोकनृत्य प्रतियोगिता हुने भएका छन्।
झाँकि प्रतियोगितामा प्रथम हुनेले रुपैयाँ ६० हजार, भेषभुषामा प्रथम हुनेले रुपैयाँ ५ हजार, लोक नृत्यमा प्रथम हुनेले रुपैयाँ ७५ हजार, छेलोमा प्रथम हुनेले रुपैयाँ ४० हजार र भलिवलमा प्रथम हुने टीमले रुपैयाँ १ लाख ५० हजार, दोश्रोले ८० हजार, दुईटिमले जनही पच्चिस हजारसहित पुरस्कार पाउनेछन् ।
महोत्सव सम्पन्न गर्न अध्यक्ष हुम बहादुर तमुको संयोजकत्वमा २०१ सदस्यीय तमु ल्होछार महोत्सव मूल आयोजक कमिटि र २६ वटा उपसमिति बनाएर तयारीका कामहरु भईरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
Feature
पाटनमा य:मरी उत्सव
पाटन — य:मरी पूर्णिमा तथा ज्यापु दिवसको अवसरमा पाटन दरबार स्क्वायरमा मनाइएको य:मरी उत्सव यस वर्ष सांस्कृतिक जति भव्य रह्यो, त्यत्तिकै स्थानीय महिलाको आर्थिक सशक्तीकरणको मंच पनि सावित भयो।
परम्परागत मिठाई य:मरी को संरक्षण मात्रै होइन, यसले स्थानीय उत्पादन, सीप र घरेलु व्यवसायलाई बजारसँग जोड्ने अवसर दिएको सहभागीहरूले बताएका छन्।

तीन दिनसम्म चलेको महोत्सवमा ललितपुर महानगरपालिका र स्थानीय महिलाहरूको सहकार्यमा दर्जनौँ स्टल सञ्चालन भए, जसमा घरमै बनाइने विभिन्न परिकार, हस्तकला तथा सांस्कृतिक सामग्रीले विशेष ध्यान आकर्षित गरे। धेरै सहभागी महिलाहरूका अनुसार यस्ता कार्यक्रमहरूले आफूहरूलाई आत्मनिर्भरता र व्यवसायिक कौशल विकासतर्फ प्रोत्साहित गरेको छ।

उत्सव अवलोकनमा आएका स्थानीय युवाहरूले य:मरीलाई आधुनिक स्वाद र प्रस्तुतीकरणसँग जोडेर नयाँ पुस्तामा आकर्षण बढेको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा सांस्कृतिक चाडपर्वले पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारिरहेको छ।

आयोजकहरूका अनुसार यस्ता उत्सवले नेवारी समुदायको पहिचान मात्र उजागर गर्दैन, भविष्यमा घरेलु उद्यमलाई शहरव्यापी व्यापारिक अवसरमा परिणत गर्ने सम्भावना पनि बोकेको छ।








-
Theatre4 weeks agoकौसी थिएटरमा ‘के अस’(तस्विरहरु)
-
entertainment4 weeks agoगुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
-
Feature2 weeks agoतमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
-
Feature3 weeks agoबागमती किनारमा सुन्दर पार्क
-
Offbeat3 weeks agoविश्व एड्स दिवसमा दिप प्रज्वलन
-
entertainment2 weeks agoचलचित्र मिर्मिरेको टिजर सार्वजनिक
-
Video2 weeks agoतमु ल्होछारको अवसरमा ‘आशीमालां मु’ म्युजिक भिडियो सार्वजनिक
-
Theatre3 weeks agoमण्डला थिएटरमा ‘मिलारेपा’

