lifestyle
INDIGENOUS DAY

Indigenous community in Nepal celebrated 28th World Indigenous Day with great ambience. This year’s slogan was ‘Indigenous movement of Indigenous Identity, Access, Representation and Inclusion. The role of tribal women in preservation of aboriginal knowledge and the role of tribal women in inter-generational transmission.’ Nepali Indigenous demonstrated their cultural tableau, musical instrument, traditional weapon at rally organized in Kathmandu.















lifestyle
टुँडिखेलमा तमु ल्होसार उत्सव
काठमाडौँको टुँडिखेलमा यस वर्षको तमु ल्होसार भव्य रूपमा सम्पन्न भएको छ। तमु गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार यस वर्ष ‘त ल्हो’ अर्थात् घोडा वर्गको आगमनको रूपमा मनाइएको हो।

तमु गुरुङ समुदायले प्रत्येक वर्ष पौष १५ गतेलाई नयाँ वर्षका रूपमा संसारभर हर्षोल्लासका साथ तमु ल्होसार मनाउँदै आएको छ। यही अवसरमा काठमाडौँ उपत्यकाभर रहेका गुरुङ समुदायका सदस्यहरू टुँडिखेलमा भेला भई सांस्कृतिक कार्यक्रम, नाचगान र परम्परागत भेषभूषासहित ल्होसार मनाएका हुन्।
आफन्तजनसँग भेटघाट गर्ने, नयाँ वर्षको शुभकामना साटासाट गर्ने र आपसी सद्भाव बढाउने यो परम्परा सदियौँदेखि चल्दै आएको छ।
तमु ल्होसार मनाउन काठमाडौँको टुँडिखेलमा हजारौँ मानिसको उपस्थिति देखिएको थियो।
केहि तस्विरहरु :












Feature
पहिलो तमू फोटो प्रतियोगिता सम्पन्न
काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंको समन्वयमा पहिलो तमू फोटो प्रतियोगिता आयोजना गरेको छ।
आईटीसीका महासचिव अधिवक्ता राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईटीसीकी सचिव रुपा गुरुङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ, तमू ल्होसार मूल आयोजक समिति २०८२ का अध्यक्ष धर्मराज राजु गुरुङलगायतको उपस्थिति थियो।
प्रतियोगितामा गुरुङ समुदायका फोटो पत्रकारहरूले विभिन्न गुरुङ बस्तीमा खिचेका १६८ फोटो सहभागी गराएका थिए। तीमध्ये गुरुङ संस्कृति, परम्परा र रीतिरिवाज झल्किने २५ फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो।
प्रदर्शित फोटोमध्ये उत्कृष्ट पाँच फोटो चयन गरी प्रथम, द्वितीय, तृतीय र दुई सान्त्वना पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा राम गुरुङ प्रथम, युनिश गुरुङ द्वितीय र आश गुरुङ तृतीय भए। सान्त्वना पुरस्कार नवीनबाबु गुरुङ र सुजन गुरुङले प्राप्त गरेका छन्।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार विजेतालाई जनही तीन–तीन हजार रुपैयाँ प्रदान गरिएको थियो। पुरस्कार वितरण तमू ल्होसार महोत्सवअन्तर्गत पुस १४ गते काठमाडौंको टुँडिखेलमा गरिएको छ।

संस्थागत रूपमा पहिलो पटक आयोजना गरिएको यो फोटो प्रतियोगिता ऐतिहासिक र अर्थपूर्ण भएको आयोजकले बताएका छन्। फोटो प्रदर्शनीमार्फत तमू (गुरुङ) समुदायको संस्कृति, जीवनशैली र पहिचानलाई उजागर गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङले बताए।
अन्तर्राष्ट्रिय तमू काउन्सिलले आगामी दिनमा थप विधा समेट्दै अझ बृहत् फोटो प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।




entertainment
तमु कलाकार संघद्वारा स्यो–कैं कार्यक्रम सम्पन्न
काठमाडौँ — तमु (गुरुङ) कलाकार संघ, नेपालले तमु ल्होसार २०८२ को अवसरमा आदान–प्रदान तथा स्यो–कैं कार्यक्रम आयोजना गरेको छ।

तमु समुदायले हरेक वर्ष पुष १५ गते पुरानो ल्होको विदाइ गर्दै नयाँ ल्होको स्वागत गर्ने परम्परा अनुसार ल्होसार पर्व मनाउँदै आएको छ। त–ल्हो ल्होसारको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम राजधानीको गोंगबुस्थित तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषदको कार्यालयमा सम्पन्न भएको हो।
संघका अध्यक्ष सागर गुरुङका अनुसार तमु समुदायको मौलिक संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कलाकार, संस्कृतिकर्मी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।








-
Offbeat2 weeks agoप्रथम तमू फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
-
Feature4 weeks agoतमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
-
entertainment4 weeks agoचलचित्र मिर्मिरेको टिजर सार्वजनिक
-
Video4 weeks agoतमु ल्होछारको अवसरमा ‘आशीमालां मु’ म्युजिक भिडियो सार्वजनिक
-
Feature2 weeks agoतमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा पत्रकारिता पुरस्कार वितरण
-
entertainment2 weeks agoतमु कलाकार संघद्वारा स्यो–कैं कार्यक्रम सम्पन्न
-
Feature4 weeks agoपाटनमा य:मरी उत्सव
-
Feature3 weeks agoसिन्धुलीमा जुनार उत्सव

