Theatre
ANDHERI NAGARI CHAUPAT RAJA
Cap Motion Pictures and Kalaasi Production’s drama Andheri Nagari Chaupat Raja is currently staging at Mandala Theater in Anamnagar. Sangit Sapkota and Aashish Ghimire directorial film was already staged at Kunja Theater on April. Andheri Nagari Chaupat Raja is written by famous Indian writer Bhartendu Harishchandra. Actor Jiban Bhattarai, Shrawan Rana, Sanjit Pratap Malla, Slim Jiban, Aarjesh Regmi, Sagar Dahal, Barat Limbu, Dipendra Shahi, Pushkar Karki, Praku Pande have acted on the drama. This drama will be staging at Mandala Theater till Mangsir 22 everyday at 5 pm excepts on Mondays. There will be extra shows at Saturday 1 pm.

Feature
घाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
न्युयोर्क –
तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ।
न्युयोर्कको लङ आइल्याण्ड सिटीस्थित फाइभ स्टार बैंक्वेट हलमा आयोजित कार्यक्रममा तमु समुदायका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तमु परिवार न्युयोर्क इन्क.का अध्यक्ष श्री बिन प्रसाद घलेको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका माननीय महावाणिज्यदूत श्री दधि राम भण्डारी (नेपाली महावाणिज्यदूतावास, न्युयोर्क) तथा विशेष अतिथिका रूपमा Assembly Member Steven Raga (District 30) उपस्थित रहनुभएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन सचिव श्री देब गुरुङले गर्नुभएको थियो।
स्वागत मन्तव्य सल्लाहकार श्री चित्र बहादुर गुरुङ (चित्र कोने तमु) ले राख्नुभयो भने कार्यक्रमको उद्देश्य र जानकारी निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्रीमती मनिता देवी गुरुङले प्रस्तुत गर्नुभयो।
शुभकामना मन्तव्य बाल्टिमोर गुरुङ तमु समाज इन्क.का संस्थापक सल्लाहकार एवं एनआरएनए एनसीसी मेरील्याण्ड च्याप्टरका अध्यक्ष श्री कुल गुरुङ, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टरका अध्यक्ष श्री दण्डपानी लामिछाने (बासु) तथा विशेष अतिथि Steven Raga ले दिनुभएको थियो।

प्रमुख अतिथि श्री भण्डारीले तमु समुदायले विदेशमा रहेर पनि संस्कृति संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। सभाध्यक्ष श्री घलेको मन्तव्यसहित औपचारिक कार्यक्रम समापन भयो।
सांस्कृतिक प्रस्तुतिअन्तर्गत घाँटु नृत्य र कृष्ण चरित्र नृत्य प्रत्यक्ष रूपमा प्रस्तुत गरियो। घाँटु नृत्यमा सल्लाहकार लाल बहादुर गुरुङ (घाँटु गुरु), संस्थापक घाँटु गुरुस्यो चिनु घले, घाँटु सरी श्वेता गुरुङ र शुष्मा गुरुङ सहभागी थिए। निर्देशन तथा बाध्यवादनमा भूपेन्द्र गुरुङसहित कलाकारहरूको टोली थियो। कृष्ण चरित्र नृत्यमा पनि गुरुङ समुदायका कलाकारहरूले जीवन्त प्रस्तुति दिए।

यसका अतिरिक्त ङोल्स्यो मास्यो जी, लोकप्रिय गीतहरूको संगालो, न्याउली, लोक दोहोरी तथा गुरुङ मौलिक गीत र नृत्य प्रस्तुत गरियो।
ख्यातिप्राप्त गायिका ज्योति गुरुङ र गायक मनित गुरुङको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो।

तमु परिवार न्युयोर्क इन्कले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, सल्लाहकार, स्वयंसेवक तथा सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएको छ।



.







Theatre
मण्डला थिएटरमा ‘मिलारेपा’
तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनयात्रामा आधारित नाटक ‘मिलारेपा’ मण्डला थिएटरमा नियमित मञ्चन भईरहेको छ।
नाटकले मिलारेपाको बाल्यकालदेखि कठोर तपस्या मार्फत् आत्मज्ञान प्राप्तिसम्मको आध्यात्मिक यात्रा नाटकीय शैलीमा प्रस्तुत गरेको छ ।
चाङ् ङ्योन हेरूकको लेखनमा तयार नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्त रूपमा निर्देशन गरेका छन्।
नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। मुख्य भूमिकामा रूपेश लामा देखिएका छन् भने संगीत परिकल्पनामा आदित्य कटुवालको काम रहेको छ। स्वर प्रदान गर्ने कलाकारमध्ये आनी छोइङ डोल्मा पनि रहेका छन्।
निर्देशक तामाङका अनुसार ‘मिलारेपा’ ले आत्मशुद्धि, क्षमाशीलता र साधनाको महत्व दर्शकसमक्ष पु–याउने लक्ष्य राखेको छ।
नाटक मंसिर २१ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।


















Theatre
कौसी थिएटरमा ‘के अस’(तस्विरहरु)
काठमाडौं। टेकुस्थित कथा घेराको कौसी थिएटरमा कलाकार इलुम मणि दीक्षित र विजय आनन्द ताम्राकार अभिनीत नाटक ‘के अस’ मञ्चन भइरहेको छ।
सेप्टेम्बर २०२५ को राजनीतिक घटनापश्चात कलाकारहरूले अनुभूत गरेको मानसिक छटपटी र सामाजिक मनोदशालाई अभिव्यक्त गर्ने उद्देश्यले नाटक तयार गरिएको हो।

डार्क कमेडी शैलीमा निर्माण भएको यो नाटक पूर्वनिर्धारित अंक वा स्क्रिप्टबिनै आशु-अभिनयमार्फत प्रस्तुति दिन्छ। दुई हराएका पात्रको यात्रामार्फत नाटकले असम्भव परिस्थितिभित्र मानवीय भावना, अराजकता र मनोविज्ञानको खोज प्रस्तुत गर्छ।
ईलम मणि दीक्षित र विजय आनन्द ताम्राकारकै लेखन, निर्देशन र अभिनय रहेको नाटक प्रत्येक मञ्चनसँगै पुनः लेखिँदै जाने डेभाइज्ड प्ले को स्वरूपमा छ।
नाटकलाई स्टुडियो आकार ले निर्माण गरेको हो भने ढोकैमा क्याफे र कथा घेरा सहनिर्माता रहेका छन्। सिर्जनाकर्ताहरूले नाटकले कलाकार र दर्शक दुवैलाई “मुक्त र पुनर्जीवित” अनुभव दिलाउने उद्देश्य बोकेको बताएका छन्।











-
Offbeat3 weeks agoप्रथम तमू फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
-
Feature3 weeks agoतमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा पत्रकारिता पुरस्कार वितरण
-
entertainment4 weeks agoतमु कलाकार संघद्वारा स्यो–कैं कार्यक्रम सम्पन्न
-
lifestyle2 weeks agoटुँडिखेलमा तमु ल्होसार उत्सव
-
Feature12 hours agoघाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
-
Feature2 weeks agoपहिलो तमू फोटो प्रतियोगिता सम्पन्न
-
lifestyle1 week agoमाघेसक्रान्ती नजिकिदा बढ्यो तरुल व्यापार

