Connect with us

Feature

BHUMYA PARBA – MAGAR CULTURE

Published

on

Magar culture

Magar communities’ traditional festival Bhumya has been kicked off from Wednesday at Tundikhel Kathmandu. Bhumya festival is starts on first Ashar and celebrates for three days. Eighteen Magar group’s Rokka Magar, Pun Magar, Budha Magar, Gharti Magar etc celebrated this festival with special importance. Bhumya festival is celebrated by worshiping land and nature to protect human being, grains, and live stocks from natural disaster. They sacrifices Ram on Bhumya according to their culture.


Magar culture3334

Magar culture90

Magar culture55

Magar culture45

Magar culture33

Magar culture9

Magar culture8

Magar culture7

Magar culture6

Magar culture5

Magar culture4

Magar culture3

Magar culture2

Magar culture1

Magar culture0

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

पहिलो तमू फोटो प्रतियोगिता सम्पन्न

Published

on

काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंको समन्वयमा पहिलो तमू फोटो प्रतियोगिता आयोजना गरेको छ।

आईटीसीका महासचिव अधिवक्ता राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईटीसीकी सचिव रुपा गुरुङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ, तमू ल्होसार मूल आयोजक समिति २०८२ का अध्यक्ष धर्मराज राजु गुरुङलगायतको उपस्थिति थियो।

प्रतियोगितामा गुरुङ समुदायका फोटो पत्रकारहरूले विभिन्न गुरुङ बस्तीमा खिचेका १६८ फोटो सहभागी गराएका थिए। तीमध्ये गुरुङ संस्कृति, परम्परा र रीतिरिवाज झल्किने २५ फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो।

प्रदर्शित फोटोमध्ये उत्कृष्ट पाँच फोटो चयन गरी प्रथम, द्वितीय, तृतीय र दुई सान्त्वना पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा राम गुरुङ प्रथम, युनिश गुरुङ द्वितीय र आश गुरुङ तृतीय भए। सान्त्वना पुरस्कार नवीनबाबु गुरुङ र सुजन गुरुङले प्राप्त गरेका छन्।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार विजेतालाई जनही तीन–तीन हजार रुपैयाँ प्रदान गरिएको थियो। पुरस्कार वितरण तमू ल्होसार महोत्सवअन्तर्गत पुस १४ गते काठमाडौंको टुँडिखेलमा गरिएको छ।

संस्थागत रूपमा पहिलो पटक आयोजना गरिएको यो फोटो प्रतियोगिता ऐतिहासिक र अर्थपूर्ण भएको आयोजकले बताएका छन्। फोटो प्रदर्शनीमार्फत तमू (गुरुङ) समुदायको संस्कृति, जीवनशैली र पहिचानलाई उजागर गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङले बताए।

अन्तर्राष्ट्रिय तमू काउन्सिलले आगामी दिनमा थप विधा समेट्दै अझ बृहत् फोटो प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Feature

तमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा पत्रकारिता पुरस्कार वितरण

Published

on

काठमाडौँ — तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (ATJON) ले तमू ल्होसारको अवसरमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पनि एक कार्यक्रमबीच वितरण गरेको छ।

सञ्चारकर्मका विभिन्न विधामा सक्रिय गुरुङ तथा गैर–गुरुङ सञ्चारकर्मीलाई प्रदान गरिने उक्त पुरस्कारबाट यस वर्ष छ जना सम्मानित भएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गुरुङ समुदायले वर्षभरि हासिल गरेका उपलब्धि समेटिएको वार्षिक मुखपत्र ‘GurungNews.com’ को विमोचनसमेत गरिएको थियो।

२०८२ साल पुस ९ गते काठमाडौँको अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सभाहलमा सम्पन्न कार्यक्रममा पूर्व प्रधान सेनापति छत्रमान गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट गुरुङ समुदायबाट धनबहादुर गुरुङ र गैर–गुरुङ समुदायबाट श्यामकृष्ण श्रेष्ठ पुरस्कृत हुनुभएको हो।

यस्तै, सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार रबिन गुरुङलाई प्रदान गरिएको छ भने तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट इच्छा गुरुङ सम्मानित हुनुभएको छ। आदिकवि हर्कबहादुर गुरुङ पत्रकारिता पुरस्कारबाट खुशीमाया गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सूचना गुरुङ पुरस्कृत हुनुभएको छ।

कार्यक्रममा वक्ताहरूले तमू (गुरुङ) समुदायभित्र पत्रकारिता र सञ्चारकर्मको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता सम्मानले सञ्चारकर्मीलाई थप जिम्मेवार र उत्साहित बनाउने विश्वास व्यक्त गरेका थिए।

Continue Reading

Feature

सिन्धुलीमा जुनार उत्सव

Published

on

सिन्धुलीको गोलन्जोर–४ माझकुभिण्डेमा ‘जुनारको राजधानी’ भनेर चिनिने क्षेत्रको तीनदिने जुनार महोत्सव सुरू भएको छ।

‘जुनार हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित महोत्सवमा स्थानीय किसानले जुस, स्क्वास, जाम, जेलीलगायत प्रशोधित वस्तु प्रदर्शन गरेका छन्। आगन्तुकले स्थानीय उत्पादन चाख्न र मूल्यवर्धन प्रक्रिया बुझ्नसक्नेछन्।

महोत्सवले जुनार प्रवर्द्धन, रोग व्यवस्थापन, बजार विस्तार र प्रशोधनबारे छलफलसँगै कृषिको व्यावसायिक विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com