Feature
“From Tokyo to Kathmandu – Recollections in Print”
Born October 30th, 1986, Kabiraj Lama is one of the most prolific artists of our time. Lama’s Exhibition “From Tokyo to Kathmandu – Recollections in Print” starts from 30th November – 15th December 2014 in Siddharth Art Gallery located at Babbar Mahal, Kathmandu. In Kabiraj’s body of work in this exhibition, he captures the inward journey through bold, playful expression whether figuratively or abstractly. The artist’s intention is to transmit emotions into prints and rediscover thoughts through the imprints and textures in litho. 
Feature
गुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)
गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ।
वर्षायाममा हिमालको फेदी र उच्च खर्क – लेकसम्म पुग्ने भेडीगोठ हिउँद लागेसँगै बेशीतर्फ झर्ने चलन अहिले पनि निरन्तर छ।

यही क्रममा लमजुङको घलेगाउँ नजिकै भेटियो – ६१ वर्षीय गंगाबहादुर गुरुङको भेडीगोठ।
गंगाबहादुर विगत २५ वर्षदेखि भेडा पाल्दै आएका छन्।
यो पेसा उनी आफ्ना बुबाबाटै सिकेका हुन्।
“बाबा बितेपछि विदेश जाने कोसिस गरेँ, सफलता पाएनँ।
त्यसपछि २५ वर्षको उमेरदेखि खच्चड किनेँ, भेडा पाल्न थालेँ,” उनी भन्छन्। गत वर्षसम्म करिब ६ सय भेडा भएको गोठमा एकैपटक २५० भेडा मरेपछि अहिले संख्या ३५० आसपासमा झरेको छ। भेटनरीले दिएको औषधिले केही बचाउन सहज भए पनि क्षति ठूलो भएको गंगाबहादुरले बताए ।

बर्खा सकिएपछि उनी तल झर्न थालेका थिए, अहिले घलेगाउँ नजिकै आईपुगेका छन्।
“भेडाको साँढे ३-४ वटा भयो भने ठिकै हुन्छ ” उनी मुस्कुराउँदै भन्छन्।
उनका साथीको गोठमा पनि खसी र भेडा मिसिएको छ। “फाइदा भए बेच्ने, नत्र पालेर बस्ने ! यही हो हाम्रो जीवन,” उनी थप्छन्। गाउँमा अहिले जम्मा ३ वटा गोठ मात्र बचेका छन्।
पहिलेजस्तो धेरै गोठ एकैसाथ लेक–खर्कमा जाने चलन हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। गंगाबहादुरको गोठ लमजुङ हिमालको फेदसम्म पुग्छ, यद्यपि सबै गोठालाले त्यत्रो उचाइसम्म भेडा लैजान सक्दैनन्।
गोठभित्रको जीवन कष्टकर छ ‘मान्द्रो, ‘ढोक्सा’ पकाउने भाँडाकुडा, ओछ्यान, कुकुर, साना पाठा बाँध्ने ठाउँ, बस्ने–सुत्ने टालटुलका सामग्री।
“हामी त बख्खु ओढ्छौँ, सिरक छैन-उनले गोठ भित्रको अवस्था देखाउदै भने।
गुरुङ समुदायमा भेडीगोठलाई पेसा मात्र होइन, संस्कार, संस्कृतिको एक आधार मानेर निरन्तर जोगाइँदै आएको छ।
लमजुङको घलेगाउँमा देखिएको भेडीगोठको रमाइलो दृश्य प्रदेशकै मौलिक गुरुङ परम्पराको जीवित प्रतीक हो।
गुरुङ समुदायको पहिचान, पहाडी जीवनको कठिनाइ र प्रकृतिसँगको सहअस्तित्व – यी सबै कथाहरू भेडीगोठसँग गाँसिएर आज पनि जीवन्त रहेको छ।


entertainment
अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ।
टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा भाइरल बनेपछि अर्जुनले दर्शकको माया आफूलाई ठूलो प्रेरणा बनेको बताएका छन्।
‘पछ्यौरी लिसियो’ र ‘दुख साटम्ला’ जस्ता गीतबाट चर्चित सापकोटाको यस नवीनतम गीतमा मेलिना राई, समीक्षा अधिकारी र अर्जुन स्वयंको स्वर समावेश छ। सन्तोष सापकोटाको शब्दमा तयार गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् भने प्रदीप रोदनको कविता वाचन पनि सुन्न सकिन्छ।
वैदेशिक रोजगारी र प्रेमको दूरीलाई कथावस्तु बनाइएको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे तथा अन्य कलाकारको अभिनय देख्न सकिन्छ।
गीत सार्वजनिक भएको चार दिनमै विभिन्न सेलिब्रेटी र क्रिएटरहरूले रिल्स तथा टिकटक बनाउँदै ‘झलिको’लाई हालैको चर्चित सिर्जनामध्ये एक बनाएका छन्।
Feature
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ।
दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको थियो।

केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने भएको छ।
आन्दोलनमा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरे।

अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गर्नु गरेका छन्।
सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुइ हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।









-
lifestyle4 weeks agoशुन्दर मुग्लिन–पोखरा सडक खण्ड
-
lifestyle4 weeks agoएकादशीमा सजियो पशुपती
-
Feature3 weeks agoचन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
-
entertainment2 weeks agoअर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
-
entertainment1 week agoकान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’
-
entertainment5 days agoगुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
-
Theatre20 hours agoकौसी थिएटरमा ‘के अस’(तस्विरहरु)
-
Feature4 hours agoगुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)











