Feature
गुरुङ समुदायले मनायो “माङी त्हि”
गुरुङ (तमु) समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक तथा पवित्र चाड माङी त्हि का अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
गुरुङ पात्रोअनुसार हि क्हुन्द ङ्हि च्यु लसि त्हि का दिन सृष्टिकर्ता माङी अर्थात् सात आमाहरूको उत्पत्ति भएको विश्वास गरिन्छ। ‘माँ’ अर्थात् आमा र ‘ङि’ अर्थात् सात आमाहरूको जन्मदिनका रूपमा मनाइने माङी त्हि नेपालसहित विश्वभर छरिएर रहेका गुरुङ समुदायले भव्य रूपमा मनाउने परम्परा रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष धनमान गुरुङले गुरुङ समुदायको सांस्कृतिक तथा धार्मिक दर्शनमा १२ खे, ९ महागुरु र ७ माङीको गहिरो महत्व रहेको विषयमा विस्तृत व्याख्या गरे। उनले यी अंकहरू केवल प्रतीक नभई शक्ति एकीकरण, सामाजिक सन्तुलन र निर्णय प्रक्रियासँग प्रत्यक्ष जोडिएको बताए।
उनका अनुसार १२ खे अर्थात् १२ आजिखे गुरुङ समुदायका पुर्खासँग सम्बन्धित संरचना हुन् भने ९ महागुरु सर्वमान्य, त्रिकालदर्शी र दिशानिर्देशक शक्तिका रूपमा व्याख्या गरिन्छन्, जसले उत्तर, दक्षिण, पूर्व र पश्चिम चारै दिशाबाट समाजलाई मार्गनिर्देशन गर्ने विश्वास छ।

विशेषगरी ७ माङी (आमा) को भूमिकालाई अत्यन्त महत्वपूर्ण भएको भन्दै अध्यक्ष गुरुङले प्राचीन गुरुङ समाजमा सामुदायिक तथा पारिवारिक निर्णय महिलाबाटै हुने गरेको उल्लेख गरे। महिलाभित्र निहित “अदृश्य शक्ति” नै समाज सञ्चालनको आधार भएको उनको भनाइ थियो।
उनले उदाहरण दिँदै १२ खे र ९ महागुरुले शक्ति एकीकरणका लागि अन्तिम निर्णयको अधिकार ७ माङीलाई दिएको उल्लेख गरे। सात आमाहरूले १२ खेभित्र रहेका पाँच फैलु (समूह) मा समान प्रतिनिधित्व हुने गरी सन्तुलन कायम गरेको उनले बताए। यसलाई उनले शक्ति एकीकरणको ऐतिहासिक नमुना भन्दै व्याख्या गरे।
गुरुङ समुदायमा पानीलाई सृष्टि, धर्ती र आमाको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले घले गाउँ नजिकै रहेको सात कन्या मन्दिर क्षेत्रमा ७ माङीका प्रतीकात्मक कुण्डहरू रहेको जानकारी दिए। त्यस्तै बुटवल क्षेत्रमा पनि माङीको प्रतीक राखिएको उनले बताए।

राजधानीको गोंगबुस्थित तमु ह्युल छोंज धीं को सभाहलमा आयोजित कार्यक्रम तमूस्यो ह्युला छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको व्यवस्थापन परिषद्का काठमाडौं र ललितपुर जिल्ला कार्यसमितिले गरेका थिए।

कार्यक्रममा गुरुङ जातिको मौलिक कला, भेषभूषा र संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। आयोजकले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै परम्पराको संरक्षण, प्रवर्द्धन र ऐतिहासिक तथा धार्मिक महत्वबारे थप अध्ययन–अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।










entertainment
हराउँदै चङ्गाको उमङ्ग
दशैँ नजिकिँदै गर्दा विगतमा नेपाली आकाशमा देखिने रङ्गीचङ्गी चङ्गाको उमङ्ग हिजोआज भने कम हुँदै गएको छ। दशैँको आगमनसँगै चङ्गा उडाउने परम्परा रहे पनि पछिल्लो समय यसप्रतिको आकर्षण घट्दै गएको देखिन्छ।
यद्यपि, काठमाडौँको चोभार पुग्दा भने केही युवा, बालबालिका तथा परिवार चङ्गा उडाएर रमाइरहेको देखिन्थ्यो। खुला आकाशमुनि चङ्गा उडाउँदै गरेका उनीहरूका लागि चोभारको वातावरण रमाइलो गर्ने अवसर बनेको थियो। कोही चङ्गाको धागो सम्हाल्न व्यस्त थिए भने कोही आकाशमा उडिरहेको चङ्गा हेर्दै रमाइरहेका थिए।
दशैँको समयमा चङ्गा उडाउनु नेपाली समाजमा लामो समयदेखि चलिआएको परम्परा हो। वर्षायाम सकिएर मौसम खुल्ने समय चङ्गा उडाउन अनुकूल मानिन्छ। बदलिँदो जीवनशैली र मनोरञ्जनका नयाँ माध्यमबीच पनि चोभारमा देखिएको यो दृश्यले दशैँसँग जोडिएको पुरानो संस्कृतिको झल्को दिन्छ।
चङ्गा उडाइरहेका युवा र बालबालिकाको उत्साहले हराउँदै गएको यो परम्परालाई अझै जीवन्त राख्ने आशा जगाउँछ।









entertainment
अमृत क्षेत्री र शान्तिश्री परियारको स्वरमा ‘लालुपाते’
गायक तथा संगीतकार अमृत क्षेत्रीको शब्द, संगीत र स्वरमा ‘लालुपाते’ बोलको लोक–आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका शान्तिश्री परियार र क्षेत्रीको स्वर रहेको छ भने संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन्।
निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा अञ्जली अधिकारी, नयन क्षेत्री र अम्बिका क्षेत्रीको अभिनय छ। यो नयनको डेब्यु म्युजिक भिडियो हो।
२२ वर्षदेखि सुरशाला म्युजिक एकेडेमीका संस्थापक अध्यक्ष तथा संगीत प्रशिक्षक रहेका क्षेत्रीका ‘मैले हेर्ने एउटा तारा’, ‘तिमी हौ’ र ‘मग मग’ लगायत गीत चर्चित छन्। उनले दसैँलगत्तै अर्को लोकशैलीको गीत ल्याउने तयारी गरेका छन्।
entertainment
मैतीदेवी मन्दिरमा दसैँको रौनक
सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
काठमाडौं। बडादसैँको दोस्रो दिन काठमाडौंको मैतीदेवी मन्दिरमा देवीको दर्शन र पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल देखिएको छ।
दसैँको धार्मिक रौनकसँगै बिहानैदेखि भक्तजनहरू मैतीदेवी मन्दिर पुगेर देवी दुर्गाको पूजा आराधना तथा दर्शन गरिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्न आउने श्रद्धालुहरूको उपस्थितिले दसैँको उल्लास र धार्मिक वातावरणलाई झल्काएको छ।
शक्तिको उपासना गरिने बडादसैँमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठमा भक्तजनहरूको भीड लाग्ने गर्छ। दुर्गा भवानीप्रति आस्था प्रकट गर्दै पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा दसैँको विशेषता हो।




-
entertainment3 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment1 week agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
entertainment3 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment6 days agoझिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर
-
entertainment4 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
Auto3 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस
-
entertainment4 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग


You must be logged in to post a comment Login