entertainment
Mero maya ta jhutho thiyena by Anju Panta
Mero maya ta jhutho thiyena is a new music video launched few days back. Famous singer Anju Panta has sung this melodious song. In direction of Netra Gurung cinematographer has captured the video. Actor Satyaraj Chaulagain, Megha KC, Sunita Gaire, Ravi Bhattarai, Raj has acted. A lyric for the song is written by Nagen Bhandari.
entertainment
गुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
काठमाडौं — आउँदै गरेको तमु ल्होछार पर्वको उत्साहलाई थप गर्दै गुरुङ समुदायको मौलिक रोधीं संस्कृतिमा आधारित नयाँ गीत ‘ङिल रोधिंरी’ सार्वजनिक भएको छ। गुरुङ भाषाको यो गीत नेपाली संगीत बजारमा आएको हो।
गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङ को स्वरमा सजिएको यो गीतको सार्वजनिक कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ।

सांस्कृतिक जगेर्नाको प्रयास
गीत सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेश तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडा अध्यक्ष पदम राज गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
अतिथिहरूले ‘ङिल रोधिंरी’ ले गुरुङ समुदायको लोपोन्मुख रोधीं संस्कृतिलाई संरक्षण गर्दै डिजिटल प्लेटफर्ममार्फत नेपाली संगीतलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
को-को छन् संलग्न?
- गीतकार: केशबहादुर गुरुङ
- संगीत संयोजन: तेजेन्द्र गुरुङ
- निर्देशन: उमेश गुरुङ
- मुख्य कलाकार (भिडियोमा): आनन्द गुरुङ र दिपशिखा गुरुङ
- सहयोगी स्वर: भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङ

कार्यक्रममा तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ लगायतका व्यक्तित्वहरूको सहभागिता थियो। यस अवसरमा गुरुङ गीत–संगीत र संस्कृतिमा योगदान पुर्याउने कलाकारहरूलाई सम्मान पनि गरिएको थियो।
यो गीत गायिका दुर्गा गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
entertainment
कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’
कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ।
अभिनेत्री उषा रजक, राज न्यौपानेसँगै नवअभिनेत्रीहरू सुहाना आचार्य, निकिता आचार्य लगायतका कलाकारको अभिनय रहेको नाटकले मिडियाको अतिरन्जित प्रभाव र सत्ताको खोक्रो पवित्रता माथिको व्यंग्य गरेको छ।
लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।
रेमश पुरीको निर्माणमा बनेको यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायत कलाकारहरू मञ्चमा देखिनेछन्।
सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।
मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा मञ्चन हुनेछ।







entertainment
अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ।
टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा भाइरल बनेपछि अर्जुनले दर्शकको माया आफूलाई ठूलो प्रेरणा बनेको बताएका छन्।
‘पछ्यौरी लिसियो’ र ‘दुख साटम्ला’ जस्ता गीतबाट चर्चित सापकोटाको यस नवीनतम गीतमा मेलिना राई, समीक्षा अधिकारी र अर्जुन स्वयंको स्वर समावेश छ। सन्तोष सापकोटाको शब्दमा तयार गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् भने प्रदीप रोदनको कविता वाचन पनि सुन्न सकिन्छ।
वैदेशिक रोजगारी र प्रेमको दूरीलाई कथावस्तु बनाइएको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे तथा अन्य कलाकारको अभिनय देख्न सकिन्छ।
गीत सार्वजनिक भएको चार दिनमै विभिन्न सेलिब्रेटी र क्रिएटरहरूले रिल्स तथा टिकटक बनाउँदै ‘झलिको’लाई हालैको चर्चित सिर्जनामध्ये एक बनाएका छन्।
-
lifestyle4 weeks agoशुन्दर मुग्लिन–पोखरा सडक खण्ड
-
lifestyle4 weeks agoएकादशीमा सजियो पशुपती
-
Feature3 weeks agoचन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
-
entertainment2 weeks agoअर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
-
entertainment1 week agoकान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’
-
entertainment4 days agoगुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक

