entertainment
RAVNA TANDUKAR WON MISS INDIGENOUS 2017

The winners of this year’s ‘AECC Global Miss Indigenous Heritage Nepal 2017’ have been announced-after a glorious ceremony on Monday evening in Kathmandu-and Ravna Tandukar has bagged the crown for ‘AECC Global Miss Indigenous Heritage Nepal 2017’. Archana Pradhan emerged as the 1st runner-up and Malika Bomjan Tamang was the 2nd runner-up of the contest.

The second edition of Miss Indigenous Heritage Nepal was organized by Pacific Events and Management Pvt. Ltd. and choreographed by Rojin Shakya. The participants were felicitated with various subtitles like “Miss Best Attire”, “Miss Public Choice”, “Miss Photogenic”, “Miss Personality”, Miss Best Smile” and many more.

entertainment
तमु कलाकार संघद्वारा स्यो–कैं कार्यक्रम सम्पन्न
काठमाडौँ — तमु (गुरुङ) कलाकार संघ, नेपालले तमु ल्होसार २०८२ को अवसरमा आदान–प्रदान तथा स्यो–कैं कार्यक्रम आयोजना गरेको छ।

तमु समुदायले हरेक वर्ष पुष १५ गते पुरानो ल्होको विदाइ गर्दै नयाँ ल्होको स्वागत गर्ने परम्परा अनुसार ल्होसार पर्व मनाउँदै आएको छ। त–ल्हो ल्होसारको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम राजधानीको गोंगबुस्थित तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषदको कार्यालयमा सम्पन्न भएको हो।
संघका अध्यक्ष सागर गुरुङका अनुसार तमु समुदायको मौलिक संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कलाकार, संस्कृतिकर्मी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।








entertainment
चलचित्र मिर्मिरेको टिजर सार्वजनिक
अभिनेता दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक भएको छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको टिजर शुक्रबार ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।
टिजरमा बुवा–छोरीको गहिरो भावनात्मक सम्बन्ध मुख्य कथाका रूपमा देखाइएको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्ने एक सानी छोरी र उनीहरूबीचको ममतामय नाता टिजरको केन्द्रमा छ। बुवाको भूमिकामा देखिएका दयाहाङ राई छोरी (शाइसा गौचन)को लालनपालन, शिक्षा तथा जीवनका चुनौतीहरू सम्हाल्दै अगाडि बढिरहेका छन्। छोरीले आमाको अभाव तीव्र रूपमा महसुस गरिरहेकी छिन्, र त्यो पीडा दयाहाङकै आँखाबाट पनि झल्किन्छ।
फिल्ममा सिर्जना निङलेखु स्कुलकी शिक्षिकाको भूमिकामा देखिएकी छन्। टिजरले उनी दयाहाङ र प्रकाश सपूतबीचको त्रिकोणात्मक प्रेमकथाको संकेत पनि दिन्छ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायत कलाकारको अभिनय छ।
फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर, र कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेको उल्लेख छ।
लाइन प्रोड्युसर वीरेन्द्र शाही, मुख्य सहायक निर्देशक सुदिप कुँवर, मेकअप सञ्जु थलाङ लिम्बू, निर्माण नियन्त्रक दिलीप पन्त, छायांकन आलोक शुक्ला, र सम्पादन निमेश श्रेष्ठ तथा भूपेन्द्र अधिकारीले गरेका छन्।
फिल्मको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिनेछ।
entertainment
गुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
काठमाडौं — आउँदै गरेको तमु ल्होछार पर्वको उत्साहलाई थप गर्दै गुरुङ समुदायको मौलिक रोधीं संस्कृतिमा आधारित नयाँ गीत ‘ङिल रोधिंरी’ सार्वजनिक भएको छ। गुरुङ भाषाको यो गीत नेपाली संगीत बजारमा आएको हो।
गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङ को स्वरमा सजिएको यो गीतको सार्वजनिक कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ।

सांस्कृतिक जगेर्नाको प्रयास
गीत सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेश तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडा अध्यक्ष पदम राज गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
अतिथिहरूले ‘ङिल रोधिंरी’ ले गुरुङ समुदायको लोपोन्मुख रोधीं संस्कृतिलाई संरक्षण गर्दै डिजिटल प्लेटफर्ममार्फत नेपाली संगीतलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
को-को छन् संलग्न?
- गीतकार: केशबहादुर गुरुङ
- संगीत संयोजन: तेजेन्द्र गुरुङ
- निर्देशन: उमेश गुरुङ
- मुख्य कलाकार (भिडियोमा): आनन्द गुरुङ र दिपशिखा गुरुङ
- सहयोगी स्वर: भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङ

कार्यक्रममा तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ लगायतका व्यक्तित्वहरूको सहभागिता थियो। यस अवसरमा गुरुङ गीत–संगीत र संस्कृतिमा योगदान पुर्याउने कलाकारहरूलाई सम्मान पनि गरिएको थियो।
यो गीत गायिका दुर्गा गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
-
Offbeat4 weeks agoप्रथम तमू फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
-
Feature7 days agoघाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
-
lifestyle3 weeks agoटुँडिखेलमा तमु ल्होसार उत्सव
-
Feature3 weeks agoपहिलो तमू फोटो प्रतियोगिता सम्पन्न
-
lifestyle2 weeks agoमाघेसक्रान्ती नजिकिदा बढ्यो तरुल व्यापार
-
Feature3 days agoसोनाम ल्होसार मनाइयो
-
Feature5 days agoटर्की र बेलायतमा एकैपटक प्रतिस्पर्धा गर्दै एरिका गुरुङ

