Feature
SAARC Handicraft Exhibition
SAARC (South Asian Association for Regional Cooperation) Handicraft Exhibition and 12th Handicraft Trade Fair of Nepal was held at Bhrikuti Mandap Exhibition Hall from Thursday (November 20th) to Monday (November 24th) for five days. In the event, stalls were installed by craftsman from America, Japan, China and India. Articrafts were of rich genre; individually unique and varied. Respective country’s handicrafts were nurtured by tradition and culture of their own.

Feature
श्रीपञ्चमीमा अक्षराम्भ
काठमाडौँ ।
आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी। ज्ञान, कला र सिर्जनाको प्रतीक मानिने विद्याकी देवी सरस्वतीको पूजा–आराधनामा देशभर श्रद्धा र उत्साह देखिएको छ। जाडोको अन्त्य र वसन्त ऋतुको आगमनको संकेत दिने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ।
बिहानैदेखि मन्दिर, विद्यालय, क्याम्पस तथा सिर्जनात्मक क्षेत्रहरू सरस्वतीमय बनेका छन्। सेतो र पहेँलो पहिरनमा सजिएका श्रद्धालुहरूले फूल, अक्षता र पूजासामग्रीसहित देवी सरस्वतीप्रति निष्ठा अर्पण गरिरहेका छन्। विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले कलम, कापी, पुस्तक, वाद्ययन्त्रलगायत आफ्ना कला–साधनाका सामग्रीलाई सरस्वतीको प्रतीक मानी पूजा गरेका छन्।

धार्मिक विश्वासअनुसार सरस्वतीलाई भारती, शारदा, वागीश्वरीलगायत विभिन्न नामले पुकारिन्छ। तान्त्रिक परम्परामा उनलाई तारादेवीको रूपमा आराधना गर्ने चलन पनि छ।
आजको दिनसँग जोडिएको महत्वपूर्ण परम्परा अक्षराम्भ हो। विद्यालय नपठेका बालबालिकालाई पहिलो पटक अक्षर चिनाउने विश्वासका साथ अभिभावकहरूले मन्दिर लगेर अक्षर लेख्न लगाइरहेका छन्।

यसै अवसरमा काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ। ज्ञानको आराधना, नयाँ सुरुआत र सिर्जनाको सम्मानका रूपमा श्रीपञ्चमी हर्षोल्लासका साथ मनाइँदैछ।







Feature
सोनाम ल्होसार मनाइयो
परम्परा, पहिचान र उत्साहको संगम बनेको सोनाम ल्होसार आज तामाङ समुदायले देशभर विविध कार्यक्रमका साथ मनाएका छन्।
विशेषतः काठमाडौँ उपत्यकामा रहेका तामाङ समुदायको उल्लेखनीय सहभागिताले टुँडिखेल सांस्कृतिक उत्सवस्थलमा परिणत भएको थियो।

परम्परागत वेशभूषा, मौलिक नृत्य र सांस्कृतिक झाँकीसहित टुँडिखेल पुगेका तामाङ समुदायका सदस्यहरूले सामूहिक रूपमा नयाँ वर्षलाई स्वागत गरेका हुन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएसँगै सर्प वर्षलाई विदाई गर्दै घोडा वर्ष प्रवेश गरिएको छ।
सोनाम ल्होसार १२ वटा पशु–चिन्हमा आधारित चक्रअनुसार मनाइने परम्परा रहेको छ, जसले समयचक्र, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउँछ। यही सांस्कृतिक मान्यताका कारण ल्होसार तामाङ समुदायको जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको पर्व मानिन्छ।

बागमती प्रदेशका तामाङ बाहुल्य जिल्लामा मात्र नभई शहरी क्षेत्रमा पनि ल्होसारको रौनक बढ्दै गएको छ। यसले मौलिक संस्कृति संरक्षणसँगै भावी पुस्तामा सांस्कृतिक चेतना विस्तार गर्न योगदान पुर्याइरहेको समुदायका अगुवाहरू बताउँछन्।
सोनाम ल्होसार केवल नयाँ वर्षको सुरुवात मात्र नभई तामाङ समुदायको इतिहास, पहिचान र एकताको उत्सव बनेको सहभागीहरूको भनाइ छ।









Feature
टर्की र बेलायतमा एकैपटक प्रतिस्पर्धा गर्दै एरिका गुरुङ
विश्व कराते सिरिजको स्वर्णपदक विजेता एरिका गुरुङ टर्की र बेलायतमा आयोजना हुने दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छन्। नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सर्वाधिक पदक जित्ने खेलाडीको रूपमा परिचित एरिकाले पुनः नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गर्न लागेकी हुन्।
एरिका जनवरी २२ देखि २५ सम्म टर्कीको इस्तानबुलमा आयोजना हुने वर्ल्ड कराते–वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछिन्। यो प्रतियोगितामा विश्वका उत्कृष्ट ३२ खेलाडी मात्र छनोट हुने भएकाले एरिकाको सहभागिता आफैंमा ठूलो उपलब्धि मानिएको छ। विश्वस्तरीय प्रतिस्पर्धीहरूसँग खेल्दै एरिकाले आफ्नो अनुभव र क्षमता थप निखार्ने अवसर पाउने विश्वास गरिएको छ।
टर्कीको प्रतियोगिता पश्चात एरिका जनवरी २५ मै बेलायतको हार्लोमा आयोजना हुने हार्लो ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुनेछिन्। बेलायतमा हुने यस प्रतियोगितामा ११ देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहनेछ। उक्त प्रतियोगिता हेर्न बेलायतमा रहेका नेपाली समुदाय पनि ठूलो संख्यामा आउने अपेक्षा गरिएको छ, जसले आफूलाई थप उत्साहित र प्रेरित बनाउने एरिकाले बताएकी छन्।
प्रतियोगितापछि एरिका जनवरी ३१ देखि फेब्रुअरी १ सम्म बेलायतकै बार्ली हिलमा आयोजना हुने इन्टरनेशनल इलिट ट्रेनिङ क्याम्प विथ वर्ल्ड च्याम्पियन्समा सहभागी हुनेछिन्। विश्व च्याम्पियन खेलाडीहरूसँग प्रशिक्षण लिन पाउनु आगामी प्रतियोगिताहरूका लागि निकै लाभदायक हुने विश्वास गरिएको छ।
राष्ट्रिय कराते टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले यसपटक पनि एरिकाको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा व्यक्त गर्नुभएको छ। एरिका गुरुङ नेपाली खेलकुद क्षेत्रले पाएको एक महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै बेलायतमा हुने तालिम तथा त्यहाँको नेपाली समुदायको साथ–सहयोगले उनको आत्मबल थप बढ्ने र आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास प्रशिक्षक श्रेष्ठले व्यक्त गर्नुभएको छ।
-
Feature2 weeks agoघाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
-
entertainment1 week agoअदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’
-
lifestyle3 weeks agoमाघेसक्रान्ती नजिकिदा बढ्यो तरुल व्यापार
-
entertainment1 week agoब्याटल अफ गलवान’मा अनुपविक्रम
-
Feature2 weeks agoसोनाम ल्होसार मनाइयो
-
Feature2 weeks agoटर्की र बेलायतमा एकैपटक प्रतिस्पर्धा गर्दै एरिका गुरुङ
-
Feature1 week agoश्रीपञ्चमीमा अक्षराम्भ

