Video
GHAR MERO PURBA BY RAJU LAMA
Video
सूर्यविनायक–धुलिखेल सडक विस्तार कति भयो ?
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.५ किलोमिटर चार लेन सडक विस्तारको काम सुस्त गतिमा भइरहेको छ। २०७९ पुस २४ गते (जनवरी ८, २०२३) सुरु भएको यस आयोजनाको हालसम्म ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
वर्षायाममा सडक हिलाम्य हुने समस्या गत वर्ष देखिएकोमा यसपटक धेरै खण्डमा सब-बेस र बेस बिछ्याइएकाले केही सुधार आउने आयोजनाले जनाएको छ। धुलिखेलनजिकैको भागमा कालोपत्रे समेत भइसकेको छ।
सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगादेखि धुलिखेलसम्मको ८ किलोमिटर खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लिएको छ। सूर्यविनायक-साँगा ७.५ किलोमिटर खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको छ।


साँघुरो सडकका कारण बढ्दो ट्राफिक जाम कम गर्न यो विस्तार भइरहेको हो। आयोजना अन्तर्गत २०-२० मिटरका तीनवटा पुल पनि निर्माण गरिनेछ जसको अनुमानित लागत ९० करोड रुपैयाँ छ। साँगामा डेढदेखि दुई किलोमिटर सडक आउने-जाने लेन तल-माथि गरी बनाइँदैछ।

यो सडक उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका ठाउँमा पुग्ने मुख्य मार्ग भएकाले विस्तारपछि धुलिखेल-भक्तपुरको सवारी चाप निकै कम हुने विश्वास गरिएको छ।

Feature
ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)
ग्वार्को ओभरपास अब सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेसँगै सवारीसाधन चल्न थालेको हो।
२०७८ फागुनमा थालिएको निर्माण १७ करोड ६ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। म्याद पटक–पटक थपिँदै पुस १० गतेदेखि जरिवानासहित निर्माण कम्पनीलाई काममा लगाइएको थियो।
चार लेनको यो ओभरपासमा कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरको र्याम्प बनाइएको छ, जसको चौडाइ १०.२ मिटर छ।
सातदोबाटो र कोटेश्वर गन्तव्यका सवारीले ओभरपास प्रयोग गर्नेछन् भने मंगलबजार–इमाडोलतर्फका सवारी साधन तलको बाटो प्रयोग गर्नेछन्।
यसबाट ट्राफिक जाम न्युनिकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।





ग्वार्कोओभरपास
ओभरपासउद्घाटन
काठमाडौंट्राफिक
सातदोबाटो
कोटेश्वर
मंगलबजार
इमाडोल
ललितपुर
नेपालनिर्माण
सार्वजनिकपूर्वाधार
जाममुक्त
RoadDevelopment
KathmanduTraffic
OverpassNepal
InfrastructureNepal
lifestyle
गुरुङ जातीको एउटा मौलिक परम्परा
गुरुङ जाति, गुरुङ समुदाय वा तमु नेपालको पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भुमिपुत्र मंगोल वर्ण को समुदाय हुन्।
मुख्यतय गुरुङ समुदाय गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ।
कोही बागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै विशिष्ट परम्परा अझैसम्म रहेको पाइन्छ।

यस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तर्गत, गुरुङहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, चैते दशैं, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
यो गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने बार्पाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ मा पर्ने जराङ्ग गाउँको गुरुङ समुदायको चैते दशैँको पुजा हो।
प्रकृतिपुजक गुरुङ समुदायको पितृ तथा देवताहरु पौराणिककाल देखि नै वोन धर्म अनुसार बन जंगलमा नै हुन्छन। उनीहरु यसरि नै चाड वाडमा गोठ जंगलमा गैर सामुहिक रुपमा पुजाआजा गर्ने गर्छन। यो नै गुरुङ समुदायको मौलिक धर्म संस्कृति परम्परा हो।
साविक पन्द्रुङ्ग गाविस वडा नम्बर १ मा पर्ने यो गुरुङ समुदायले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत संस्कृतिलाई निरन्तरता दिएको छ। यस्तो संस्कृति सम्पदा नै उनीहरुको मौलिक सम्पत्ति हो। नयाँ पुस्ताले सिक्न र आफ्नो धर्म सस्कृति रितिरिवाज जान्न यस्ता चाड वाड मनाईराख्न जरुरि छ। यो गुरुङ समुदायको आफ्नो परम्परा भए पनि यसले सिंगो नेपालको अस्तित्व वोकेको छ।


