Connect with us

Offbeat

TAMU LHOSAR 2079

Published

on

Tamu/Gurung communities living around Kathmandu valley have celebrated HEE LHO TAMU LHOSAR (YEAR OF THE CAT) with great ambience. Large numbers of people were gathered at Tundikhel ground to celebrate Lhosar. Tamu/Gurung people celebrate this day as one of the biggest festival from many years. They celebrate Lhosar by gathering at one place and eating food cooked in one pot. Official Lhosar program was kicked off from 13 of Poush and ended at 15th Poush. Gurung people held rally from Basantapur to Tundikhel demonstrating their culture and tradition. Many peoples from different district have come to celebrate/observe Kathmandu’s Tamu Lhosar.

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Offbeat

मोहनी लगायो कान्छीले

Published

on

गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ।

प्रेम र आकर्षणको भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यो गीत गायक सुवेदीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। स्थापित संगीतकार सापकोटाले यस गीतमा सरल तर आकर्षक शब्दमार्फत प्रेमको मधुर अनुभूति पस्केका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।

उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री आकर्षक रूपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोको निर्देशन हरि हुमागाईंले गरेका हुन्।

पप–लोक शैलीमा तयार गरिएको यस गीतमा प्रेमी आफ्नो प्रेमिकाको रूप, स्वभाव र मोहनीमा मन्त्रमुग्ध भएको कथा चित्रण गरिएको छ। सार्वजनिक भएसँगै गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने टिकटक र युट्युबमा पनि राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।

Continue Reading

Feature

बाबुराम गुरुङको नेतृत्वमा जिटिन

Published

on

काठमाडौं, फागुन १ ।

देशभरका गुरुङ पर्यटन व्यवसायीहरुको राष्ट्रिय संस्था गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) को अध्यक्षमा बाबुराम गुरुङ चयन हुनुभएको छ।

बिहीबार काठमाडौंमा सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विन्दुमाया गुरुङ, द्वितीय उपाध्यक्षमा डिलबहादुर गुरुङ, महासचिवमा संञ्जिव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा अम्बिर गुरुङ र सहकोषाध्यक्षमा महाबिर गुरुङ चयन हुनुभएको छ। त्यस्तै विभिन्न सदस्य पदमा धनबहादुर गुरुङसहित अन्य प्रतिनिधिहरु चयन भएका छन्। पूर्वअध्यक्ष कमला गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो।

सपथग्रहणपछि अध्यक्ष बाबुराम गुरुङले जिटिनलाई सामूहिक सहकार्यका आधारमा अघि बढाउँदै नेपाली पर्यटन क्षेत्रमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुरुङ सम्पदा मार्गको प्रवद्र्धन, पर्यटन मजदुरहरुको हित र समग्र आदिवासी जनजाति पर्यटन सर्किटको विकासलाई प्राथमिकतामा राखिने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्धबहादुर गुरुङले हिमालबाट संकलित रोयल्टी केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड भइरहेको उल्लेख गर्दै पर्यटन पूर्वाधार विकासमा त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो।

यसै अवसरमा नेपाल पर्वतारोहण संघ का अध्यक्ष फुर गेल्जे शेर्पाले ‘जिटिन पर्यटन मजदुर कोष’का लागि आर्थिक सहयोग घोषणा गर्नुभयो। कार्यक्रममा ‘पर्यटनमा गुरुङ’ स्मारिकाको दोस्रो अंक सार्वजनिक गर्नुका साथै विभिन्न व्यक्तित्व, सञ्चारकर्मी र आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो।

Continue Reading

Feature

भारत–नेपाल चुनाव सहकार्य: गाडी हस्तान्तरण

Published

on

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत भारत सरकारले नेपाललाई थप सवारी साधन उपलब्ध गराएको छ। निर्वाचन सुरक्षादेखि मतदान सामग्री ढुवानीसम्मका काम सहज बनाउन भारतले सहयोगस्वरूप गाडी हस्तान्तरण गरेको हो।

बिहीबार उपलब्ध गराइएका २३२ वटा गाडी हाल सिंहदरबार परिसरमा पार्क गरी राखिएका छन्। ती सवारी साधन आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित निकायलाई हस्तान्तरण गरिने बताइएको छ।

भारतले यसपटकको निर्वाचनका लागि कुल ५३८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सोहीअनुसार सवारी साधनहरू वीरगन्ज भन्सार कार्यालय हुँदै काठमाडौं ल्याइएको हो। बाँकी गाडीहरू पनि चरणबद्ध रूपमा नेपाल आइपुग्ने जनाइएको छ।

उपलब्ध ५३८ गाडीमध्ये ३०० वटा गाडी नेपाल प्रहरी लाई दिइनेछ। निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापन, संवेदनशील क्षेत्रमा परिचालन र मतदान केन्द्रसम्म जनशक्ति तथा सामग्री ढुवानीका लागि ती गाडी प्रयोग गरिनेछ।

नेपाल–भारतबीच निर्वाचन सहयोगअन्तर्गत यसअघि पनि सवारी साधन तथा प्राविधिक सामग्री उपलब्ध हुँदै आएको छ। सरकारले यस सहयोगले निर्वाचन व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र समयमै सम्पन्न गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com