Offbeat
नागपञ्चमी पर्व
नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

‘नाग पूजाको प्रचलन वैदिककालदेखि सुरू भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ,’ उनले भने।
प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताए। नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ। यी स्थानमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ। नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरू हुन्छ।







entertainment
काठमाडौँ विश्वविद्यालयमा गुरुङ भाषामा स्नातकोत्तर डिप्लोमा कार्यक्रम
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनअन्तर्गत भाषा शिक्षा विभागले गुरुङ भाषा शिक्षणसम्बन्धी पोस्ट ग्राजुएट डिप्लोमा इन गुरुङ ल्याङ्ग्वेज टिचिङ (PGDE-GLT) कार्यक्रम अघि बढाएको छ।
तमु हुल छोज धीँ गुरुङ राष्ट्रिय परिषद्सँगको सहकार्यमा आयोजित सरोकारवाला गुरुङ समुदायसँगको परामर्श बैठकमा कार्यक्रमको उद्देश्य, संरचना र उपलब्धिका विषयमा छलफल गरिएको हो।
कार्यक्रमले गुरुङ भाषाका दक्ष शिक्षक, भाषाशास्त्री, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणकर्ता र अनुवादक उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै गुरुङ भाषा, लिपि, साहित्य र सांस्कृतिक सामग्रीको अभिलेखीकरण, मानकीकरण तथा डिजिटल संरक्षणमा समेत जोड दिइएको छ।
एक वर्षमा दुई सेमेस्टर पूरा हुने कार्यक्रममा विद्यालयमा आधारित प्रत्यक्ष शिक्षण अभ्यास र मेन्टरसिप प्रणालीसमेत समावेश गरिएको छ। कार्यक्रममार्फत विद्यालय तहदेखि विश्वविद्यालयसम्म गुरुङ भाषाको अध्ययन–अध्यापन विस्तार गर्ने लक्ष्य राखिएको छ।











Offbeat
चीनबाट नेपालमा राहत सामग्रीको तेस्रो खेप आइपुग्यो


रसुवा बाढी प्रभावितका लागि चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ वायुसेनाको वाई–२०ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् उद्धार र पुनर्स्थापनाका लागि आवश्यक सामग्री छन्। बेलीब्रिज जडानका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ।
यसैबीच, शव पहिचान प्रक्रियामा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञको टोली पनि नेपाल आएको छ। टोलीले नेपाली निकायसँग समन्वय गरी शव पहिचानमा प्राविधिक सहयोग गर्नेछ।




entertainment
सुनसान बन्यो नागढुंगा
स्ट्रिटनेपाल
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो र नागढुंगानजिकै सडक भासिएपछि राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा क्षेत्र सुनसान बनेको छ।
सधैं हजारौं सवारीसाधनको कोलाहल र भीडभाड रहने नागढुंगा चेकपोष्ट क्षेत्र अहिले ठप्प छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने ठूला मालवाहक ट्रक तथा कन्टेनरहरू नाका नजिकै सडक किनारामा लामो लाइन लगाएर रोकिएका छन्।
मुख्य राजमार्गको विकल्पको रूपमा केही सवारीलाई सुरुङमार्ग र वैकल्पिक रुटबाट पठाइए पनि अधिकांश भारी सवारी साधनहरू आवागमन गर्न नपाउँदा ठप्प बनेका हुन्।
यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले जोखिम व्यवस्थापन र यातायात नियमनको काम गरिरहेका छन् भने लामो समयदेखि बाटोमा रोकिएका चालक तथा यात्रुहरू थप मारमा परेका छन्।






-
entertainment4 weeks agoविश्व आदिवासी जनजाति दिवस मनाइयो
-
Auto4 weeks agoभृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो
-
entertainment3 weeks agoलगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
-
entertainment3 weeks agoझिलिमिली सडक
-
Offbeat6 days agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment3 weeks agoविश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी
-
entertainment1 week agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
entertainment3 weeks agoबागलुङमा ग्यासको सास्ती


You must be logged in to post a comment Login