Feature
पर्यटकको नयाँ गन्तब्य च्योर्दोङ
दोलखा जिल्लामा अवस्थित च्योर्दोङ समुद्र सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित एक रमणीय हिलस्टेसन हो। धार्मिक, सांस्कृतिक, र प्राकृतिक महत्त्वले भरिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको छ। जिरीमा जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा यो अभियान शुभारम्भ गरिएको हो।

‘जाऔं है च्योर्दोङ’ अभियान अन्तर्गत मंसिर २४ देखि २८ गतेसम्म च्योर्दोङको पदयात्रा सम्पन्न भयो । अभियानमा पत्रकार, पर्यटन व्यवसायी, समाजसेवी, र साहसिक खेलका प्रतिनिधिहरू,स्थानिय युवाहरुको सहभागी भएका थिए। अभियानको क्रममा ३६ जनाको जम्बो टोलीले च्योर्दोङ डाँडामा पदयात्रा गरेर साँझ त्यहीं क्याम्पिङ गरेका थिए । नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको ५ सदस्यीय टोलीले च्योर्दोङ र जिरी क्षेत्रमा साइकल पर्यटनको सम्भावनाबारे अध्ययन गरेका थिए।

यस अभियानका लागि लेखक, पत्रकार, फोटोग्राफर, साइक्लिस्ट, र स्थानीय व्यवसायीहरू सम्मिलित ३६ जनाको समूहले मंगलबार जिरीबाट च्योर्दोङ डाँडासम्म यात्रा गरेको छ।
च्योर्दोङ डाँडामा च्योर्दोङेश्वर महादेवको बास छ। यहाँबाट धौलागिरी , अन्नपूर्ण, माछापुछ्रे, मनास्लु, लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि हिमालसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ। डाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यले यहाँ पुग्ने जो कहिलाई मन्त्र मुग्ध बनाउछ, मन आन्दित बनाउछ , सबै थकान मेटाउछ ।
च्योर्दुङ हिन्दू र बौद्धमार्गीहरूको साझा तीर्थस्थल हो, जहाँ धार्मिक सहअस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ। यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ, र हरेकले आ–आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ।
हिन्दू धर्मावलम्बीहरूले च्योर्दुङमा महादेवको विशेष पूजा गर्ने चलन छ। यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याध नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ।
च्योर्दुङ हिन्दू र बौद्ध संस्कृतिहरूको अद्वितीय मिलनको प्रतीक हो, जहाँ प्रकृति, अध्यात्म, र परम्परा एकअर्कासँग जोडिएका छन्।

च्योर्दोङको पर्यटन सम्भावना र प्रचार अभियान
च्योर्दोङमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै अभियान संयोजक लिलाराम खड्काले भने, “हामीले च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरेका हौं। साथै, आवश्यक पूर्वाधार विकासका लागि स्थानीय सरकार र सरोकारवालालाई सक्रिय बनाउने प्रयास गर्दैछौं।”
नेपाल साकल संघका वरिष्ठ उपाध्यक्ष सुदिप पौडेलले च्योर्दोङलाई साहसिक पर्यटन र खेलकुदसँग जोडेर अघि बढाउन सके यसलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिने बताए । “साहसिक पर्यटनले स्थानीय आम्दानी बढाउने र विदेशी पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ,” उनले भने।
डोल्पाली शिक्षासेवी सेम्दुक लामाले च्योर्दोङको सुन्दरता बयान गर्दै भने, “डोल्पाभन्दा फरक अनुभव भयो। अन्नपूर्णदेखि नुम्बुरसम्मका हिमालको शृंखलाले मन लोभ्यायो। काठमाडौं नजिकै रहेको यो ठाउँ प्रचार र पूर्वाधार विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ।”
लेखक लोकराज भट्टले भने, “च्योर्दोङ एक यस्तो स्थान हो जहाँ एकै ठाउँबाट लामो हिमशृंखला अवलोकन गर्न सकिन्छ। र पहाडी र हिमाली भूदृश्यले कथा सिर्जनाका अनेकौं सम्भावना दिन्छन्।”
‘जाऔं है च्योर्दोङ’ अभियान पर्यटन प्रवद्र्धन मञ्च नेपालको ब्यानरमा आयोजना गरिएको हो। डेढ दशकदेखि जिरी र दोलखाको पर्यटन विकासमा सक्रिय लिलाराम खड्काको नेतृत्वमा यो अभियानले उल्लेखनीय गति लिएको छ।
टोलीमा बरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पर्यटनकर्मी शिक्षासेवी सेम्दुक लामा, र सगरमाथा आरोही लालबहादुर जिरेल लगायत सहभागी थिए। साथै, साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी, र चन्द्रा खड्काले पनि साहसिक पर्यटनको सम्भावना पहिचान गर्न योगदान दिए। साइक्लिस्ट टोलीले डाँडामा साइक्लिङ गर्दै यसको सम्भावना र चुनौतीहरूको अध्ययन गरेका थिए।
च्योर्दोङ यात्रामा पत्रकारहरू राजकुमार गजुरेल, सुरेन्द्र राना मगर, लेखक तथा पत्रकार रोहेज खतिवडा, लेखक लोकराज भट्ट, फोटो पत्रकार जीवन लामा, उज्जवल श्रेष्ठ र काजी थापा सहभागी थिए।
साथै पत्रकार तथा शिक्षक केन्द्र ज्योति खड्का, दोलाखाका फोटो पत्रकार जिवन लामा, व्यावसाय केशव कार्की (माडे) , युवा होटल व्यवासायी तेजेस्वी वस्नेत र सुमन खड्का र प्रहरी निरिक्षक गनेन्द्र हाङ्ग गजुमको पनि सहभागतिता थियो।
अभियानमा क्याम्पिङको व्यवस्थापन सगरमाथा आरोही लालबहादुर जिरेलको नेतृत्वमा १५ जना स्थानिय युवाहरुले गरेका थिए ।
च्योर्दोङ, जिरी नगरपालिकाको र गौरीशंकर गाउँपालिकाको शीरमा अवस्थित छ। हाल पर्यटकको लागि बासस्थानको (पाटी वा धर्मशाला) सुविधा छैन। हाल यहाँ केवल क्याम्पिङ गर्न सकिन्छ ।
अभियान टोलीले जिरीबाट डेढ घण्टाको जिप यात्रा गर्दै क्याङसी पोखरी पुगेका थिए । त्यसपछि तीन घण्टा पैदल यात्रा गर्दै च्योर्दोङ डाँडामा पुगे। यस यात्रा अनुभवले च्योर्दोङको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावना झल्काएको छ । यो अभियानले दोलखाको पर्यटनलाई प्रवर्द्धन गर्दै च्योर्दोङलाई देशकै महत्त्वपूर्ण गन्तव्यको रूपमा चिनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
कसरी पुग्ने:
काठमाडौं–जिरी १८८ किमि। काठमाडौंबाट जिरीसम्म गाडीमा ६ घण्टा लाग्छ। जिरीबाट जिपमा १:५ घण्टा जिप यात्रामा क्याङ्सी। क्याङ्सीबाट ३ घण्टा पदयात्रामा च्योर्दोङ। साथै जिरी बजारबाट हिँडेर ५ घण्टा लाग्छ।




entertainment
चेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी
दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ।
प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदाका आकर्षक तस्बिरहरू समेटिएका छन्।
पर्यटन पत्रकारितामा सक्रिय लामा लामो समयदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यका तस्बिर र आलेखमार्फत प्रचार–प्रसार गर्दै आएका छन्।
प्रदर्शनीमार्फत उनले चेर्दुङको प्राकृतिक सौन्दर्य, अध्यात्मिक महत्व तथा पदयात्रा पर्यटनको सम्भावना उजागर गर्ने प्रयास गरेका छन्।
दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा जन्मिएका लामा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि व्यावसायिक पत्रकारितामा सक्रिय भएका हुन्। उनी ‘कालिञ्चोक सन्देश’ साप्ताहिकबाट फोटो पत्रकारितामा परिचित बनेका थिए।
प्रदर्शनी जेठ १४, १५ र १६ गते क्रमशः बिहीबार, शुक्रबार र शनिबार आयोजना गरिने आयोजकले जनाएको छ।




Feature
हाम्रो संस्कृति, हाम्रो उत्सव नारा सहित २३ गते बौद्ध महोत्सव हुदै
काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना हुने भएको छ।
काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धको आयोजनामा हुने महोत्सव आगामी जेठ २३ गते महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमार्फत बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता तथा सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा स्थानीयवासी, युवा, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँक्री नृत्य, स्थानीय कला–हस्तकला प्रदर्शनी, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुति समावेश गरिनेछ। साथै विभिन्न स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताए। उनका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान भएकाले यसको पहिचान संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म पुर्याउनु महोत्सवको मुख्य उद्देश्य हो।
महोत्सवलाई बौद्ध क्षेत्रको साझा उत्सवका रूपमा मनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल तथा समुदायमा सूचना, ब्यानर र प्रचार सामग्रीमार्फत सहभागिताका लागि आह्वान गरिनेछ। सहभागीहरूलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्याली, बाजागाजा तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।
कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनका लागि पार्किङ व्यवस्थापनमा पनि विशेष तयारी गरिएको आयोजकले जनाएको छ। ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि सम्बन्धित निकाय, स्वयंसेवक र स्थानीय टोली परिचालन गरिनेछ।
महोत्सवमा देश–विदेशबाट आउने पर्यटकहरूलाई पनि विशेष स्वागत गरिनेछ। आयोजकका अनुसार विदेशी पर्यटकहरूले नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद तथा सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन्, जसले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रम सबैका लागि खुला रहनेछ। आयोजकले स्थानीयवासी, परिवार, युवा, बालबालिका, व्यवसायी, कलाकार, पर्यटक तथा सम्पूर्ण संस्कृति प्रेमीहरूलाई “हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव” सफल बनाउन सहभागी हुन आग्रह गरेको छ।
Feature
यस्तो बन्दैछ यमबुद्ध स्केट पार्क
प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सुरू गरिएको “यमबुद्ध स्केटबोर्ड पार्क” अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ।
लामो समयदेखि काठमाडौंका स्केटबोर्ड खेलाडी र युवाहरूले सार्वजनिक स्केट पार्कको माग गर्दै आएका थिए। तर जग्गा अभाव र विभिन्न प्रशासनिक समस्याका कारण यो योजना बारम्बार रोकिँदै आएको थियो।
सुरूमा पार्क वडा नम्बर १६ मा बनाउने योजना थियो। तर आवश्यक जग्गा प्राप्त हुन नसकेपछि योजना रोकियो। पछि काठमाडौं–५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय समुदाय र महानगरको सहकार्यपछि १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि निर्माण काम सुरू गरिएको हो।
हिपहप कलाकार यम बुद्धको सम्झनामा बनिरहेको यो पार्क अब युवाहरूको नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ। यहाँ अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया, र्याम्प, बाउल, खेलमैदान, ओपन जिम, भलिबल कोर्ट र सार्वजनिक शौचालय लगायतका संरचना निर्माण भइरहेका छन्।






-
entertainment3 weeks agoहङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
-
entertainment4 weeks agoवर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
-
Offbeat3 weeks agoबबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
-
entertainment1 week agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
Auto4 weeks agoपल्सर एनएस ४०० जेड अब ३४९ सीसी इन्जिनमा
-
Feature3 weeks agoपर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान
-
entertainment4 weeks agoपिके क्याम्पसको पर्खालमा प्रतिविम्बित आदिवासी संस्कृति
-
Feature4 weeks agoईतिहास बन्यो नेपालकै पुरानो सुकुम्बासी बस्ती


You must be logged in to post a comment Login